नेभिगेशन
समाज

काग तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– ‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काग तिहार, धन्वन्तरी जयन्ती तथा आगामी कुकुर तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली संस्कृति, परम्परा र प्रकृतिसँगको सहअस्तित्वलाई चाडपर्वले जीवन्त बनाउने बताएका छन्।

Marvel
Extreme Energy

काग तिहारको सांस्कृतिक महत्त्व उल्लेख गर्दै उनले प्राचीन समयमा कागको आवाजलाई समाचार वा पाहुना आउने संकेतका रूपमा लिने गरिएको स्मरण गरेका छन्। कागलाई यमराजको दूत मानेर मीठा परिकार खुवाउने र शुभ सन्देशको कामना गर्ने परम्परा रहेको उनले बताएका छन्।

उनले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा समेत नेपाली संस्कृतिले व्याख्या गरेको उल्लेख गरेका छन्।

धन्वन्तरी जयन्तीका अवसरमा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको निरोगी जीवनको कामना गरेका छन्।

त्यस्तै, कुकुर तिहारको सन्दर्भमा उनले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा चित्रण गरेका छन्। घरको रेखदेखदेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले पशुपन्छीप्रतिको प्रेम, कृतज्ञता र सहअस्तित्वलाई पर्वले थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिऊन्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उनले शुभकामना सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

तिहार र छठमा विद्युत् अभाव नहुने, लक्ष्मीपूजामा मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको जनाएको छ।
शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा मानवअधिकारमा आधारित प्रहरी कार्यशैली अपनाउन गृहमन्त्रीको आग्रह

शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनमा मानवअधिकारमा आधारित प्रहरी कार्यशैली अपनाउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुदन गुरुङले शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन गर्दा मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिन र प्रहरी कार्यशैलीलाई व्यावसायिक बनाउन सुरक्षा निकायका अधिकारीलाई आग्रह गरेका छन्।
‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

‘जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप–३१ मा सहभागी हुँदैछौँ’

कोप–३१ मा हामीले भोटेकोशीलगायत जलवायुजन्य विपद्लाई ठोस प्रमाणका रूपमा प्रस्तुत गर्नेछौँ। हानि तथा नोक्सानी कोषमा स्रोत जुटाउने र त्यसलाई प्रभावित समुदायसम्म क्षतिपूर्तिका रूपमा सिधै पुर्‍याउने प्रणाली निर्माणका लागि...
सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपालले जीतपुर–सिमरा उपमहानगरपालिकालाई दियो दमकल

सूर्य नेपाल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको जीतपुर–सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल हस्तान्तरण गरेको छ।

भर्खरै