नेभिगेशन
समाज

भाइटीकाको दिन काठमाडौँसहितका ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा सुरु भएको छ । डोटीमा अहिले हल्का वर्षा भइरहेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

Marvel
Extreme Energy

पोखरेलका अनुसार आज अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित देशका अन्य केही स्थानमा बदली भई वर्षा सुरु हुन सक्छ । भोलिदेखि भने थप स्थानमा हल्का वर्षाको सम्भावना बढ्नेछ ।

भाइटीकाको दिन काठमाडौंलगायत धेरै ठाउँमा हल्का वर्षा हुन सक्ने उनको पूर्वानुमान छ । त्यसैले टीका लगाउन जाने, घुमफिर गर्ने वा बाहिर कार्यक्रम तय गर्नेहरूले मौसमको अवस्थालाई समेत ध्यान दिनुपर्ने उनले सुझाएका छन् ।

उनले दुईवटा मौसम पूर्वानुमान मोडेलमा आधारित तिहार अवधिको दैनिक वर्षाको सम्भावित विवरण सार्वजनिक गरेका छन् । पूर्वानुमानअनुसार वर्षा हुने स्थान, समय र परिमाणमा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट हेर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई...
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

भर्खरै