नेभिगेशन
समाज

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन्। खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिए।

Marvel
Extreme Energy

“धार्मिक विधिअनुसार पूजाआजा गरी कुकुर तिहारको दिन सुरु हुने यो पर्वमा प्रकृतिको पूजा गर्ने गरिन्छ”, उनले भने, “परापूर्वकालदेखि नै पर्व मनाउने चलनलाई निरन्तरता दिँदै आएका छौँ।”

खेतीबाली उत्पादन हुन छाडेको बरङ्जाका खेतबारीमा देवीदेवताको पूजाआजा गरेपछि पुनः उत्पादन हुन थालेकाले आगोदेउ पर्व मनाउने चलन सुरु भएको जानकारहरू बताउँछन्। आगलागीका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामनासहित यो पर्व मनाइने वडाध्यक्ष रोकाले बताए।

बरङ्जाको शिलाथुरस्थित थानमा मगर झाँक्रीले पूजाआजा गरेपछि पर्व सुरु भएको मानिन्छ। दोस्रो दिन साँझ सोही ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ।

यसैगरी, आगो बाल्ने र निभाउने गरिन्छ। तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व समापन हुन्छ।

बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बूढाथोकी थरका मगर समुदायले आगोदेउ पर्व मनाउँछन्।

बरङ्जाका मगर समुदायले कात्तिकमा आगोदेउ र जेठमा धुले मेला धुमधामसँग मनाउने गर्छन्। जेठ महिनाको दोस्रो वा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लाग्ने गर्छ।

हिउँदभरि खेतबारी सुकेर धुलाम्मे हुने र वर्षा भएपछि खेती गर्न योग्य बन्ने भएकाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतीक्षारत रहे पनि हालसम्म खरिद प्रक्रिया सुरु हुन सकेको छैन।
१०७ जना किन परे पक्राउ?

१०७ जना किन परे पक्राउ?

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।