नेभिगेशन
समाज

स्वर्णिम वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइम ले सार्वजनिक गरेको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका छन्। TIME100 Climate 2026 शीर्षकको सूचीमा वाग्लेलाई जलवायु परिवर्तन र त्यसबाट प्रभावित देशहरूको पक्षमा आवाज उठाउने व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रिकाले आफ्नो आधिकारिक वेबसाइटमा वाग्लेको छुट्टै प्रोफाइल प्रकाशित गरेको छ। यो सूची जलवायु क्षेत्रमा प्रभाव पारिरहेका तथा जलवायु कार्यलाई अघि बढाउन भूमिका खेलिरहेका व्यक्तित्वलाई समेटेर तयार पारिएको हो।

Marvel
Extreme Energy

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेले गरेको पहल उनको छनोटसँग गाँसिएको छ। जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान भए पनि त्यसको असर भने हिमाली तथा कमजोर अर्थतन्त्र भएका मुलुकले असमान रूपमा भोग्नुपरेको विषय उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्।

भोटेकोशी–त्रिशूली बाढीपछि सरकारले पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग जुटाउने र जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायोचित सम्बोधन गराउने प्रयास अघि बढाएको छ। त्यसक्रममा वाग्लेले अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विकास साझेदारहरूसँगको छलफलमा नेपालको पुनर्निर्माण आवश्यकता, जलवायु जोखिम र वित्तीय सहयोगको विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

नेपालले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोट हुने, पहिरो तथा बाढीको जोखिम बढ्ने र त्यसबाट जनजीवन, पूर्वाधार तथा अर्थतन्त्रमा गम्भीर असर पर्ने अवस्था भोगिरहेको छ। तर विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा अत्यन्त न्यून छ। यही असमानतालाई आधार बनाएर नेपालले जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहायता र क्षति तथा नोक्सानीको सम्बोधनमा विकसित मुलुकको जिम्मेवारीको विषय उठाउँदै आएको छ।

भोटेकोशी बाढीपछि नेपालले संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘लस एन्ड ड्यामेज फन्ड’बाट सहयोगका लागि पहल गरेको थियो। बाढीबाट भएको क्षति र पुनर्निर्माणको ठूलो आवश्यकताका तुलनामा उपलब्ध अन्तर्राष्ट्रिय सहयोग पर्याप्त नभएको विषय पनि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्दै आएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन वाग्ले सोमबार टर्की प्रस्थान गरेका छन्। नोभेम्बर ९ देखि २० सम्म अन्ताल्यामा हुने सम्मेलनका विभिन्न उच्चस्तरीय सत्रमा उनले नेपालको जलवायु परिवर्तनसम्बन्धी धारणा र दिगो आर्थिक विकासका प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम छ।

जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा स्थापित गर्ने, हिमाली मुलुकले भोगिरहेका जोखिमबारे विश्वको ध्यानाकर्षण गराउने र जलवायु वित्त तथा अनुकूलनका लागि सहयोग जुटाउने  प्रयासका बीच वाग्ले TIME100 Climate 2026 मा समेटिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डब्लुएमओको जलवायु प्रतिवेदनमा नेपालको विपद्, हिमाली जोखिमबारे विश्वलाई चेतावनी

डब्लुएमओको जलवायु प्रतिवेदनमा नेपालको विपद्, हिमाली जोखिमबारे विश्वलाई चेतावनी

विश्व जलवायु सम्मेलन (कोप–३१) सुरु भएकै दिन सार्वजनिक भएको विश्व मौसम संगठन (डब्लुएमओ) को नयाँ वैज्ञानिक प्रतिवेदनले नेपालको हिमाली क्षेत्रको जोखिमलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ।
परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतीक्षारत रहे पनि हालसम्म खरिद प्रक्रिया सुरु हुन सकेको छैन।