नेभिगेशन
समाज

म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ : चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकले सञ्चालन गरिरहेको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत उपभोक्ताले यस्तै आकर्षक पुरस्कार जितिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीले अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्स्ट्रिम फ्यान जोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरेको छ।

Marvel
Extreme Energy

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो। म्याक्स टाइगरको क्यानको बिर्कोमा रहेको कोडमार्फत उनीहरूले मोटरसाइकल जितेका थिए।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्स्ट्रिम फ्यान जोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

मोटरसाइकल प्राप्त गरेपछि विजेताहरूले सामान्य रूपमा खरिद गर्ने इनर्जी ड्रिंकबाट यति ठूलो पुरस्कार प्राप्त होला भन्ने कल्पनासमेत नगरेको प्रतिक्रिया दिएका छन्। सुमन कर्माचार्यले मोटरसाइकल जितेको खबरले उत्साहित बनाएको बताउँदै पुरस्कार प्राप्त गर्दाको क्षणलाई विशेष अनुभवका रूपमा वर्णन गरेका छन्।

7dbec1fa-35c6-4996-9004-371e619b6d49-(1)-1794722869.jpg
 

त्यस्तै, अर्का विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताएका छन्। सामान्य रूपमा इनर्जी ड्रिंक खरिद गर्दा मोटरसाइकल जित्ने अवसर पाउनु अनौठो अनुभव भएको उनको भनाइ छ।

कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र आठ जनाले स्कुटर जितिसकेका छन्। तर अभियानअन्तर्गत पुरस्कार जित्ने अवसर अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

अभियानमा अझै आठवटा मोटरसाइकल, १० वटा स्कुटर र एउटा प्रोटोन कार जित्ने अवसर रहेको छ। विशेषगरी बम्पर पुरस्कारका रूपमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप आकर्षण सिर्जना गरेको कम्पनीको दाबी छ।

सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिंकको क्यानको बिर्कोमा रहेको कोडमार्फत आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा सहभागी गराउँदै आएको छ।

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्स्ट्रिम फ्यान जोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रमसमेत सुरु गरिएको कम्पनीले जनाएको छ। आगामी दिनमा पनि विभिन्न कार्यक्रममार्फत पुरस्कार हस्तान्तरणलाई निरन्तरता दिइने कम्पनीको भनाइ छ।

a03fe493-e4be-4554-ac41-12d239d68665-(1)-1794722870.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।
म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्...
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

कम्पनीका अनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।