नेभिगेशन
समाज

रास्वपाको २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा टोली चीन गएको रास्वपाले जनाएको छ।

Marvel
Extreme Energy

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्।

त्यस्तै, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि भ्रमण टोलीमा छन्।

चीन प्रस्थान गर्नुअघि रास्वपा प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए।

११ दिनसम्म चल्ने भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ। भ्रमणले दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, आपसी समझदारी र सहकार्य विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Rasopa_Nepal-photo-library-12-1794720164.JPG

Rasopa_Nepal-photo-library-14-1794720163.JPG

Rasopa_Nepal-photo-library-11-1794720163.JPG

Rasopa_Nepal-photo-library-09-1794720162.JPG

Rasopa_Nepal-photo-library-15-1794720162.JPG

Rasopa_Nepal-photo-library-10-1794720161.JPG

Rasopa_Nepal-photo-library-06-1794720160.JPG

Rasopa_Nepal-photo-library-01-1794720161.JPG

Rasopa_Nepal-photo-library-08-1794720160.JPG

Rasopa_Nepal-photo-library-13-1794720159.JPG

Rasopa_Nepal-photo-library-04-1794720159.JPG

Rasopa_Nepal-photo-library-02-1794720159.JPG

Rasopa_Nepal-photo-library-07-1794720159.JPG

Rasopa_Nepal-photo-library-05-1794720158.JPG

Rasopa_Nepal-photo-library-03-1794720158.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न प्रस्ताव गरेका छन्।
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।