नेभिगेशन
समाज

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

काठमाडौं । भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार नेपालमाथि केही दिनदेखि मध्य तथा माथिल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली (ट्रफ) कायम रहे पनि पर्याप्त जलवाष्प नहुँदा वर्षा सीमित स्थानमा मात्रै भइरहेको छ। बुधबार (नोभेम्बर ११) बंगालको खाडीबाट थप जलवाष्प भित्रिन सक्ने भएकाले पूर्वी नेपालका केही स्थानमा वर्षाको सम्भावना बढेको हो।

Marvel
Extreme Energy

काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। तर ठूलो वर्षाको संकेत नरहेकाले भाइटीकाका दिन यात्रा तथा बाहिरी कार्यक्रम प्रभावित हुने सम्भावना कम रहेको पोखरेलले बताएका छन्।

भाइटीकाको भोलिपल्टदेखि भने मौसम पुनः खुल्ने र घाम लाग्ने अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।
तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन्...
नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ ।
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।