नेभिगेशन
समाज

१८ वर्षदेखि अलपत्र बेनीघाट–आरूघाट–लार्के सडक तत्काल बनाउन बाबुरामको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के सडक तत्काल निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको १५४ किलोमिटर लामो रणनीतिक महत्त्वको सडक अझै पूरा नहुनु र क्षेत्रफलका हिसाबले देशकै चौथो ठूलो तथा गण्डकी प्रदेशको सबैभन्दा ठूलो स्थानीय तह सडक सञ्जालमा जोडिन नसक्नु विडम्बनापूर्ण भएको उनले बताएका छन् ।

Marvel
Extreme Energy

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत उक्त सडकलाई रातो किताबमा समावेश गरेर निर्माण प्रक्रिया अघि बढाएको स्मरण गरेका छन् ।

उनले पछिल्लो बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपछि निर्माण भइसकेको सडकखण्डसमेत नष्ट हुँदा उत्तरी गोरखाको उक्त क्षेत्र देशका अन्य भागबाट झनै विच्छेद भएको बताएका छन् ।

मनाङ र मुस्ताङजत्तिकै ठूलो हिमाली क्षेत्रका बासिन्दाले सडक नहुँदा लामो समयदेखि सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन माग गरेका छन् ।

भट्टराईले भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक रूपमा गोरखाको अन्य क्षेत्रभन्दा विशिष्ट पहिचान बोकेको उत्तरी भूभागलाई नेपालको संविधानको धारा ५६(५) अनुसार संघीय कानुन बनाएर स्वायत्त क्षेत्र कायम गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

मनास्लु संरक्षण क्षेत्र रहेको चुमनुब्री क्षेत्रको विशिष्ट पहिचान र आवश्यकतालाई ध्यानमा राख्दै सडक निर्माण तथा स्वायत्त क्षेत्र घोषणालाई प्राथमिकतामा राख्न उनले युवाजोशयुक्त वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...
तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन्...
नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ ।
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।