नेभिगेशन
समाज

‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’

काठमाडौं । भोटेकोशी बाढीका बेला विपद् पूर्वतयारी र सूचना सम्प्रेषणमा सरकार चुक्दा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू बढी प्रभावित भएको अधिकारकर्मीहरूले बताएका छन् । विपद् व्यवस्थापनको तयारीदेखि उद्धार र राहतसम्म अपांगता भएका व्यक्तिको आवश्यकतालाई प्राथमिकतामा राख्न नसक्दा धेरैले ज्यान गुमाउनुपरेको उनीहरूको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम ‘राइजिङ फ्रम द रोअर’मा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले विपद् पूर्वतयारीमा अपांगता भएका व्यक्तिलाई स्थानीय तहसम्मै जोड्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए ।

Marvel
Extreme Energy

राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार बाढीमा परी अपांगता भएका १३ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । युनिसेफका अनुसार चार जिल्लाका एक हजार ८५४ जना अपांगता भएका व्यक्ति विपद्बाट प्रभावित भएका छन् ।

पोखरेलले विपद् पूर्वतयारीका क्रममा अपांगता भएका व्यक्तिको जीवनरक्षाका लागि स्थानीय तहसम्म प्रभावकारी संयन्त्र निर्माण नगरिएको र उनीहरूको यकिन तथ्यांकसमेत सरकारसँग नहुँदा उद्धार तथा राहतमा समस्या भएको बताए ।

‘अपांगता भएका व्यक्तिले सामान्य सूचना ग्रहण गर्न पनि नसक्ने अवस्था हुन्छ । त्यसले विपद्मा धेरैको क्षति भएको देखियो,’ उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए । उनले वडा तहसम्मै सक्रिय र सक्षम विपद् व्यवस्थापन समिति बनाउनुपर्नेमा जोड दिए ।

विपद्का बेला पहिलो प्राथमिकता खोज तथा उद्धार र जीवनरक्षा हुनुपर्ने उल्लेख गर्दै उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा सडक सम्पर्क विच्छेद भएका कारण हेलिकोप्टरमार्फत उद्धार र राहतका काम गर्नुपरेको बताए । उक्त विपद्का क्रममा १३ हजार ५०० भन्दा बढी मानिसको उद्धार गरिएको र राहत सामग्री ढुवानीदेखि शव संकलनसम्मका चुनौतीपूर्ण काम गरिएको उनको भनाइ थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले पूर्वतयारीका क्रममा सूचना सम्प्रेषणलगायतका संयन्त्रमा समस्या देखिए पनि राहत वितरणमा प्रभावित समुदायको आवश्यकता पहिचान गरिएको बताइन् ।

‘पूर्वतयारीका क्रममा सूचना सम्प्रेषण संयन्त्र आदिमा समस्या देखिएको हो,’ उनले भनिन्, ‘तर राहतमा हामीले ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएकाहरूको आवश्यकता पहिचान गरेका छौँ ।’

विपद्पछि प्रभावित क्षेत्रमा दीर्घरोगका औषधि र नियमित मनोसामाजिक परामर्श पर्याप्त नभएको नुवाकोटका रामहरि न्यौपानेले बताए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय सरकारसँगको सहकार्यमा दीर्घरोगका औषधि उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने काम भइरहेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी सहप्रमुख निष्ठा श्रेष्ठले दीर्घरोगका औषधि र मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राखिएको बताइन् । ‘हामीले आफ्नो तर्फबाट आवश्यक औषधि पठाउन काम गरिरहेका छौँ । मनोसामाजिक परामर्श पहिलेभन्दा घटेको भन्ने सत्य होइन,’ उनले भनिन् ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले विपद्बाट प्रभावित र विशेष ध्यान दिनुपर्ने समुदायका मुद्दालाई मूलधारका सञ्चारमाध्यमले पर्याप्त स्थान दिन नसकेको बताए । प्रभावित क्षेत्रका स्थानीय मुद्दा उजागर गर्न सामुदायिक रेडियोहरूले भूमिका खेलिरहेको उनको भनाइ थियो ।

‘स्थानीयका स्थानीय मुद्दामा सामुदायिक रेडियोहरूले काम गरिरहेका छन्,’ उनले भने ।

नुवाकोटको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले स्थानीय सरकारले पछाडि परेका समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति स्थानीय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

‘महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरू हाम्रो प्राथमिकतामा छन्,’ उनले भनिन्, ‘तर तीनै तहबीच समन्वयको अभाव छ । यसमा सुधार जरुरी छ ।’

कार्यक्रमको आयोजक सामुदायिक सञ्चार अभियानले विपद्पछिको पुनःस्थापनाका क्रममा देखिएका चुनौती, समस्या र पारदर्शिताका सवालमा निरन्तर पैरवी गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।