नेभिगेशन
समाज

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तिहार, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

Marvel
Extreme Energy

उनले यस वर्ष भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्का पीडाबीच चाडपर्व मनाउनुपरेको उल्लेख गर्दै यस्ता कठिन परिस्थितिमा तिहारले आपसी सहयोग र सद्भावको भावना थप बलियो बनाउने बताए ।

तिहारले मानव र प्राणी जगतबीचको सहसम्बन्धलाई आत्मसात् गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको स्नेहलाई थप गाढा बनाउने उनको भनाइ छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा तिहारले सामाजिक सद्भाव र अन्तरघुलनलाई बलियो बनाउँदै विविधताबीचको एकता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने सभामुख अर्यालले उल्लेख गरेका छन् ।

विविधताबीचको एकतालाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा अघि बढ्न संघीय संसद् दृढ र प्रतिबद्ध रहेको बताउँदै उनले तिहारले पारस्परिक सद्भाव, सहिष्णुता र मेलमिलापको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।