नेभिगेशन
समाज

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल संवत् ११४७ तथा तिहारलगायत चाडपर्वको अवसरमा शनिबार साँझ काठमाडौंको डल्लु आवास क्षेत्रमा आयोजित विशाल मैनबत्ती र्‍याली उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्वर्णिम युवा समूहको अगुवाइमा आयोजित र्‍यालीमा १२ वटा स्थानीय क्लब सहभागी थिए ।

Marvel
Extreme Energy

नेपाल भाषा, नेवा संस्कृति र सम्पदा नेपालको मौलिक पहिचान र गौरव भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसको संरक्षण विगतको विरासत जोगाउने विषयमा मात्र सीमित नभई भावी पुस्ताको पहिचान र सांस्कृतिक भविष्य सुरक्षित गर्ने अभियानसमेत भएको बताए ।

उनले विगतका भाषिक आन्दोलन र सांस्कृतिक अभियानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र संस्कारप्रति जागरुक बनाउनुपर्नेमा जोड दिए ।

मौलिक पहिचानप्रति गर्व गर्ने र त्यसलाई व्यवहारमै जीवन्त राख्ने संस्कृतिको विकास गर्नुपर्ने उनको भनाइ थियो । यस्ता सामुदायिक तथा सांस्कृतिक अभियानले सामाजिक एकता, सांस्कृतिक सद्भाव, पुस्तान्तरण र सांस्कृतिक जागरणलाई थप बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।