नेभिगेशन
समाज

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै व्यवहारमा पनि महिलाको सम्मान गर्नुपर्ने बताएका हुन् ।

Marvel
Extreme Energy

‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उनले भनेका छन् ।

संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले ती तीनै शक्तिको प्रतीकका रूपमा स्त्री स्वरूपलाई लिइने गरेको बताएका छन् । बलकी प्रतीक पार्वती, विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मीको उदाहरण दिँदै उनले नारी शक्तिको महत्त्व उजागर गरेका छन् ।

‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ उनले भनेका छन्, ‘त्यसैले आफ्नो मनोबल उच्च राखौँ, स्त्री शक्तिको सम्मान गरौँ ।’

दसैँमा शक्तिको उपासना गरेर पर्व मनाएपछि तिहारमा लक्ष्मीको उपासना गर्ने परम्परालाई स्मरण गराउँदै उनले धार्मिक आस्था र व्यवहारबीच समानता हुनुपर्ने बताएका छन् ।

उनले शुभकामना सन्देशमा मनुस्मृतिको श्लोकसमेत उद्धृत गरेका छन् ।

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।’

यसको अर्थ जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ र जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका सबै कर्म निष्फल हुन्छन् भन्ने रहेको उनले उल्लेख गरेका छन् ।

महिला सम्मानलाई धार्मिक अनुष्ठान र औपचारिक शुभकामनामा मात्र सीमित नराखी दैनिक जीवन र सामाजिक व्यवहारमा समेत उतार्नुपर्ने सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तिहारलाई नारी सम्मान र उत्थानको अवसरका रूपमा लिन आग्रह गरेका छन् ।

उनले लक्ष्मीपूजाको अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...
नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ ।
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।