नेभिगेशन
समाज

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

मुगु । बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन। चारैतिर हरियालीले ढाकिएका डाँडापाखा, शान्त वातावरण र ऐनाझैँ टल्किने नीलो पानी। त्यही पानीमा डाँडाहरूको छाया पर्दा प्रकृतिले आफ्नै सुन्दर चित्र कोरेझैँ लाग्छ। नेपालको प्राकृतिक सौन्दर्यको अनुपम गहना रारा ताल यतिबेला पर्यटकलाई स्वागत गर्न तल्लीन छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षायाम बिदाबारी भएर दसैँ–तिहारसँगै घुमफिरको मौसम सुरु भएपछि मुगुस्थित रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। प्रकृतिको काखमा केही समय हराउन चाहने आन्तरिक तथा बाह्य पर्यटक राराको अनुपम सौन्दर्य नियाल्न पुग्न थालेका छन्।

Marvel
Extreme Energy

समुद्री सतहबाट करिब दुई हजार ९९० मिटरको उचाइमा अवस्थित रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। करिब १६७ मिटर गहिराइ रहेको यो तालले नेपालको सबैभन्दा ठूलो तालको परिचय पाएको छ। यसको नीलो पानी, वरिपरिका हरिया पहाड र बदलिरहने प्राकृतिक रङले रारालाई हरेक मौसममा फरक र मनमोहक बनाउँछन्।

कहिले आकाशको नीलोपन आफैँमा समेट्छ त कहिले वरिपरिका पहाडको हरियालीलाई आफ्नो कञ्चन छातीमा सजाउँछ। हावाको हल्का स्पर्शसँगै पानीमा उठ्ने ससाना तरङ्गले दृश्यलाई अझ जीवन्त बनाउँछ। राराको किनारमा पुग्नेहरूलाई प्रकृतिको यो मौन सौन्दर्यले केहीबेर भए पनि संसारका कोलाहल बिर्साइदिन्छ।

राराको यही अनुपम सुन्दरताबाट मोहित भएर राजा महेन्द्रले यसलाई ‘स्वर्गकी अप्सरा’सँग तुलना गरेका थिए। उनले राराको सौन्दर्य वर्णन गर्दै कवितासमेत लेखेका थिए। २०२० सालको अन्त्यतिर राजा महेन्द्रले रारा भ्रमण गरेपछि यस तालले राष्ट्रियस्तरमा थप चर्चा पाएको थियो। कुनै समय उनको भ्रमणकै कारण रारा ताललाई ‘महेन्द्र ताल’ नामकरणसमेत गरिएको थियो।

आज पनि रारा पुग्ने पर्यटकका लागि यसको सौन्दर्य शब्दमा वर्णन गर्नुभन्दा आँखाले नियाल्नु र मनले अनुभूत गर्नु बढी अर्थपूर्ण हुन्छ। हिमाली प्रकृतिको काखमा शान्तसँग फैलिएको रारा साँच्चै यस्तो गन्तव्य हो, जहाँ पुगेपछि लाग्छ—स्वर्गको सुन्दरता हेर्न कल्पनाको सहारा लिनुपर्दैन।

Rara-Lake-Photos-_NPL-05-1794110009.JPG

Rara-Lake-Photos-_NPL-04-1794110009.JPG

Rara-Lake-Photos-_NPL-03-1794110004.JPG

Rara-Lake-Photos-_NPL-04-(1)-1794110004.JPG

Rara-Lake-Photos-_NPL-06-1794109998.JPG

Rara-Lake-Photos-_NPL-15-1794109998.JPG

Rara-Lake-Photos-_NPL-02-1794109993.JPG

Rara-Lake-Photos-_NPL-12-1794109993.JPG

Rara-Lake-Photos-_NPL-08-1794109987.JPG

Rara-Lake-Photos-_NPL-09-1794109987.JPG

Rara-Lake-Photos-_NPL-13-1794109982.JPG

Rara-Lake-Photos-_NPL-11-1794109981.JPG

Rara-Lake-Photos-_NPL-07-1794109976.JPG

Rara-Lake-Photos-_NPL-10-1794109976.JPG

तस्बिरः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...
तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन्...
नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ ।
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।