नेभिगेशन
समाज

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

काठमाडौं । कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले अरुणोदयकालअघि नदी, तलाउ, कुवा, पोखरी तथा धारामा स्नान गरी सालको पातमा दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्दै बगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्मशास्त्रअनुसार आजका दिन नरक स्नान गरी यमदीप बगाएमा नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए । बोलीचालीको भाषामा यसलाई ‘नरके नुहाएर बगाउने’ पनि भनिन्छ ।

Marvel
Extreme Energy

आजै कुकुर तिहार पनि मनाइँदै छ । कुकुरलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा परिकार खान दिने परम्परा छ । साँझ औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि गरिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार तिथिको घटबढका कारण यस वर्ष नरक चतुर्दशी र कुकुर तिहार एकै दिन परेका हुन् । अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी दीपदान गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आज बिहान नरक चतुर्दशी मनाउने निर्णय गरिएको उनले बताए ।

यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । दोस्रो दिन शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइएको थियो ।

उज्यालोको पर्वका रूपमा परिचित तिहारसँगै सहर तथा बजार झिलिमिली बनेका छन् । घर, आँगन र सार्वजनिक स्थलमा दीपमालिका सजाएर सर्वसाधारणले पर्वको उल्लास मनाइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
१८ वर्षदेखि अलपत्र बेनीघाट–आरूघाट–लार्के सडक तत्काल बनाउन बाबुरामको माग

१८ वर्षदेखि अलपत्र बेनीघाट–आरूघाट–लार्के सडक तत्काल बनाउन बाबुरामको माग

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के सडक तत्काल निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’

‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’

भोटेकोशी बाढीका बेला विपद् पूर्वतयारी र सूचना सम्प्रेषणमा सरकार चुक्दा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू बढी प्रभावित भएको अधिकारकर्मीहरूले बताएका छन् ।
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।