नेभिगेशन
समाज

बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।

Marvel
Extreme Energy

भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती गर्न थालेको बताए । जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताए ।

बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवाखेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवाखेती विकल्प बनेको उनले बताए ।

अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छिन् । अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछन् । अदुवाखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ ।

अदुवा स्थानीय बजारमा प्रतिकिलो रु १०० देखि रु १२० सम्ममा बिक्री हुने गरेको पोखरेलले बताए । अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि खासै समस्या नरहेको उनको भनाइ छ । स्थानीय बजारमा राम्रो मूल्य पाउने र तथा धुलो बनाएर पनि बिक्री गर्न सकिने भएकाले नष्ट हुने सम्भावना कम रहेको पोखरेले बताए ।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । खेतबारीमा लगाएको धान, मकै, कोदोलगायतका बाली नष्ट गर्ने भएकाले बाँदर किसानको मुख्य समस्याका रूपमा देखिएको छ । स्थानीयस्तरमा अदुवाको बजार मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।
आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

पश्चिमी वायु सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शनिबार हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सहित उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी र स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल...