नेभिगेशन
समाज

आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

काठमाडौं । पश्चिमी वायु सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा एकाध स्थानमा असिनापानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बिहानैदेखि वर्षा सुरु हुने देखिएको छ। विशेषगरी पश्चिम नेपालका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका हिमाली क्षेत्रमा मध्यम हिमपात हुन सक्नेछ भने बागमतीदेखि कोशी प्रदेशसम्मका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

Marvel
Extreme Energy

पश्चिम नेपालमा चिसोसमेत उल्लेख्य बढ्ने अनुमान गरिएको छ। तराईका क्षेत्रमा भने एक–दुई स्थानमा मात्रै छिटपुट वर्षा हुन सक्ने पोखरेलले बताएका छन्।

मौसममा आएको परिवर्तनसँगै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। मेघगर्जन, चट्याङ, असिनापानी र हिमपातका कारण जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न उनको आग्रह छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शनिबार हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सहित उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी र स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ।
छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।