नेभिगेशन
समाज

सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छठ पर्व २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन र आपसी सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा दिने बताएका छन्।

Marvel
Extreme Energy

दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गर्दै मनाइने छठ पर्वले सूर्यको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उनले उल्लेख गरेका छन्।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्दा मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःखकष्ट हटेर शुभ हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले बताएका छन्।

सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने तथ्यलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकता अभिव्यक्त गर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गर्ने परम्परा रहेको उल्लेख गरेका छन्। नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा रातभर जाग्राम बसेर हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उनले बताएका छन्।

खासगरी तराई तथा मधेसमा मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपति पौडेलले बताएका छन्।

उनले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा रहिरहने कामना गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा कुनै परिवर्तन भएको छैन।
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शुक्रबारदेखि सुरु भएको छठ पर्वको पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन गरेर व्रत प्रारम्भ गरेका थिए। दोस्रो दिन पञ्चमीमा सखरमा पकाइएको खीर अर्थात् खरना तयार गरी षष्ठी...
एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणमा केही नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।