नेभिगेशन
समाज

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छठ पर्वका अवसरमा रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताए । 

Marvel
Extreme Energy

जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।”

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्‍याउने उद्देश्य राखेको उनको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उनले भने ।

सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए । यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे । उनले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुगेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँ पुग्यो काठमाडौं–हेटौंडा सुरुङमार्गको योजना?

कहाँ पुग्यो काठमाडौं–हेटौंडा सुरुङमार्गको योजना?

सँगै नेपथ्यमा हराउन पुगिसकेको एउटा पुरानो बहसलाई पनि सतहमा ल्याएको छ। अहिले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमा त्यही पुरानो महत्त्वाकांक्षी परियोजना अर्थात् काठमाडौं–हेटौँडा सुरूङ मार्गबारे करिबकरिब हराइसकेको बहस–विमर्शलाई...
कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

उनले कसैले पनि मनोमानी ढङ्गले चल्न नपाउने र पार्टी विधि एवं पद्धति अनुसार अघि बढ्नुपर्ने धारणा राखे । पूर्वसभापति देउवाले पार्टी कै कारण आफु पटक पटक देशको प्रधानमन्त्री...
पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैनः रवि लामिछाने

पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैनः रवि लामिछाने

उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको...