नेभिगेशन
समाज

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने उनको भनाइ थियो ।

Marvel
Extreme Energy

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।

एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र...
कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

उनले कसैले पनि मनोमानी ढङ्गले चल्न नपाउने र पार्टी विधि एवं पद्धति अनुसार अघि बढ्नुपर्ने धारणा राखे । पूर्वसभापति देउवाले पार्टी कै कारण आफु पटक पटक देशको प्रधानमन्त्री...
पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैनः रवि लामिछाने

पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैनः रवि लामिछाने

उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो...
कोप-३१मा परराष्ट्रमन्त्री खनाल- हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड

कोप-३१मा परराष्ट्रमन्त्री खनाल- हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड

कोप-३१ मा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, अनुकूलन तथा हानि-नोक्सानीका लागि वित्तीय सहयोग...