नेभिगेशन
समाज

पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैनः रवि लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए ।

Marvel
Extreme Energy

उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गरे ।

रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरुलाई सकारात्मक रुपमा लिने गरेको उनको भनाइ छ ।

त्यस्तै सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफु अर्को पटक भोट माग्न नआउने बताए । 

उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफुलाई आवश्यक नरहेको उल्लेख गरे । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उनले नेता तथा कार्यकतालाई आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र...
कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैनः शेरबहादुर देउवा

उनले कसैले पनि मनोमानी ढङ्गले चल्न नपाउने र पार्टी विधि एवं पद्धति अनुसार अघि बढ्नुपर्ने धारणा राखे । पूर्वसभापति देउवाले पार्टी कै कारण आफु पटक पटक देशको प्रधानमन्त्री...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको...
कोप-३१मा परराष्ट्रमन्त्री खनाल- हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड

कोप-३१मा परराष्ट्रमन्त्री खनाल- हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड

कोप-३१ मा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, अनुकूलन तथा हानि-नोक्सानीका लागि वित्तीय सहयोग...