नेभिगेशन
समाज

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ । सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा आज व्रतालुले निराहार व्रत बसेर जलाशय तथा नदी किनारमा अस्ताउँदो सूर्यको पूजा आराधना गर्नेछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबारदेखि सुरु भएको छठ पर्वको पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन गरेर व्रत प्रारम्भ गरेका थिए। दोस्रो दिन पञ्चमीमा सखरमा पकाइएको खीर अर्थात् खरना तयार गरी षष्ठी मातालाई चढाएपछि प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। खरना गरेपछि व्रतालु निराहार व्रतमा बस्छन्।

Marvel
Extreme Energy

छठको मुख्य दिन आज साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।

पौराणिक मान्यता र धार्मिक विश्वास

छठ पर्वको उत्पत्तिबारे विभिन्न पौराणिक मान्यता र जनश्रुति प्रचलित छन्। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। पाण्डव विराट राजाको दरबारमा बस्दा सूर्यको उपासना गरेको र त्यसै समयदेखि छठ मनाउने परम्परा सुरु भएको लोकविश्वास छ।

सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको र त्यसपछि छठ मनाउने परम्परा सुरु भएको धार्मिक मान्यता छ।

त्यस्तै, भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यको आराधना गरेर रोगमुक्त भएको प्रसंग पनि पुराणमा उल्लेख छ।

छठमा सूर्यदेवको पूजा गरेमा दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्ने तथा परिवारका सदस्य र सन्तानको कल्याण हुने धार्मिक विश्वास छ। यस पर्वमा केरासहित विभिन्न फलफूल, ठकुवा, भुसुवा र अन्य प्रसाद सूर्यदेवलाई चढाउने गरिन्छ।

चार दिनको व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो भोजन गरेर छठ व्रत सुरु गरिन्छ। पञ्चमीका दिन खरना गरी षष्ठी मातालाई प्रसाद चढाएपछि व्रतालुले निराहार व्रत बस्छन्।

षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ।

गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोग नलाग्ने धार्मिक विश्वाससमेत रहेको छ।

तराईबाट राष्ट्रिय पर्वसम्म

छठ पर्व विगतमा तराईका सीमित क्षेत्रमा विशेष रूपमा मनाइन्थ्यो। विसं २०४६ पछि भने यसले क्रमशः राष्ट्रिय स्वरूप ग्रहण गरेको हो। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उत्साहका साथ छठ मनाइन्छ।

छठका अवसरमा राजधानीको गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ। ती स्थानमा व्रतालु र श्रद्धालुका लागि पूजा तथा अर्घ्य दिने व्यवस्था मिलाइएको छ।

केही व्रतालुले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर सात्विक आहार ग्रहण गर्ने चलन पनि छ। छठमा शुद्धता, संयम, श्रद्धा र प्रकृतिप्रतिको सम्मानलाई विशेष महत्त्व दिइन्छ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व सम्पन्न हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा कुनै परिवर्तन भएको छैन।
एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणमा केही नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।