नेभिगेशन
समाज

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा कुनै परिवर्तन भएको छैन। आजका लागि तोकिएका सबै विदेशी मुद्राको खरिद तथा बिक्रीदर अघिल्लो दिनकै बराबर छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा छ।

Marvel
Extreme Energy

त्यस्तै, स्वीस फ्र्याङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालको विनिमयदर पनि अघिल्लो दिनकै कायम छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दरमा पनि कुनै परिवर्तन भएको छैन।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शुक्रबारदेखि सुरु भएको छठ पर्वको पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन गरेर व्रत प्रारम्भ गरेका थिए। दोस्रो दिन पञ्चमीमा सखरमा पकाइएको खीर अर्थात् खरना तयार गरी षष्ठी...
एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

एनपिएल–३ मा चम्किएका चार नेपाली क्रिकेटर, राहुल र रिजन बलिङमा अगाडि

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणमा केही नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।