नेभिगेशन
समाज

रास्वपाका २० नेता ११ दिने चीन भ्रमणमा जाँदै, नवप्रवर्तन र प्रविधि अध्ययन गर्ने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन भ्रमणमा जाँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम छ। बिदाइअघि प्रवक्ता खरेलले सञ्चारकर्मीसँग समसामयिक विषयमा अन्तरक्रिया गर्ने रास्वपाले जनाएको छ।

Marvel
Extreme Energy

आइतबारदेखि सुरु हुने भ्रमण ११ दिनको हुनेछ। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचाउ र सिचुवानलगायत चीनका विभिन्न सहरको भ्रमण गर्ने कार्यक्रम छ।

आचार्य नेतृत्वको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना छन्। टोलीमा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।

भ्रमणको मुख्य चासो चीनले नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता र औद्योगिक विकासमा हासिल गरेको उपलब्धि अध्ययन गर्नु रहेको टोलीका सदस्यले बताएका छन् ।

उनका अनुसार चीनले विकास गरेका प्रविधि र अपनाएका नीतिलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गरिनेछ।

भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा आत्मीय सम्बन्ध विकास गर्न सहयोग पुग्ने टोलीका सदस्यहरूले विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा नेपाललाई दीर्घकालीन लाभ पुग्ने सहकार्यको आधार तयार हुने उनीहरूको भनाइ छ।

चीन भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।
सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा कुनै परिवर्तन भएको छैन।
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शुक्रबारदेखि सुरु भएको छठ पर्वको पहिलो दिन व्रतालुले स्नान गरी चोखो भोजन गरेर व्रत प्रारम्भ गरेका थिए। दोस्रो दिन पञ्चमीमा सखरमा पकाइएको खीर अर्थात् खरना तयार गरी षष्ठी...