नेभिगेशन
समाज

आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली र भारतीय दुवैको मूल्य प्रतिकिलो ७० रुपैयाँ छ। सानो गोलभेँडा लोकल २५ रुपैयाँ, टनेल र तराईको ४५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

Marvel
Extreme Energy

तरकारीमध्ये सबैभन्दा महँगोमा सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ छ। कुरिलो ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ र सेलरी ५०० रुपैयाँ प्रतिकिलो छ। यस्तै, तने बोडी ९० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, तितो करेला १०० रुपैयाँ र पालुङ्गो साग १२० रुपैयाँ प्रतिकिलो छ।

आलु रातो (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ६० रुपैयाँ तथा भारतीय रातो आलु ३५ रुपैयाँ छ। सेतो आलु ३२ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य भने प्रतिकिलो ९२ रुपैयाँ छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ छ। अनार प्रतिकिलो ३५० रुपैयाँ, कागती २५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, किबी र आभोकाडो प्रतिकिलो ३०० रुपैयाँ, अम्बा २०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ र अमला ८० रुपैयाँ छ। नेपाली केरा र मालभोग केरा दुवैको मूल्य प्रतिदर्जन १५० रुपैयाँ तोकिएको छ।

मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो १०० रुपैयाँ, हरियो खुर्सानी १०० देखि २०० रुपैयाँ र सुकेको खुर्सानी ५६० रुपैयाँ छ। नेपाली र चाइनिज सुकेको लसुन दुवैको मूल्य प्रतिकिलो २६० रुपैयाँ छ।

समितिले सार्वजनिक गरेको मूल्य थोक कारोबारको हो। खुद्रा बजारमा भने ढुवानी, पसल सञ्चालन खर्च र नाफालगायतका कारण मूल्य फरक पर्न सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

पश्चिमी वायु सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शनिबार हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सहित उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी र स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ।
छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।