नेभिगेशन
समाज

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

अन्ताल्या, टर्कीए । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टर्कीको तटीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मध्यबिन्दुमा पुगेका बेला शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कठिन विषयहरूमा तत्काल छलफल अघि बढाउन र रणनीतिक ढिलाइ नगर्न सबै पक्षलाई आह्वान गरेका हुन् ।

Marvel
Extreme Energy

स्टिलले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सहमति कायम गर्न सबै सहभागी राष्ट्रले लचकता अपनाउँदै आपसी समझदारी र सहकार्य गर्नुपर्ने बताए । उनका अनुसार वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु चुनौतीपूर्ण भए पनि साझा लक्ष्य हासिल गर्न त्यस्तो प्रयास आवश्यक छ । सबै पक्षको सम्झौता र सहकार्यबिना सामूहिक सफलता सम्भव नहुने उनको भनाइ थियो ।

उनले कोप–३१ मा जलवायु परिवर्तनसँग सम्बन्धित व्यावहारिक पहलहरूले गति लिइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार, हरित उद्योग तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा ठोस काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

जलवायु परिवर्तनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी नीति र अन्तर्राष्ट्रिय सम्झौतामा मात्र सीमित नराखी विश्वभरका अर्बौं मानिसको दैनिक जीवनसँग जोड्नुपर्ने पनि स्टिलले बताए । यसका लागि खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता लोकप्रिय क्षेत्रलाई जलवायु सचेतना तथा समाधानको माध्यम बनाउन सकिने उनको धारणा थियो ।

उनले जलवायु परिवर्तनका असर र समाधानलाई नागरिकका प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्ने उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा सस्तो र भरपर्दो ऊर्जालाई यस अभियानको केन्द्रमा राख्नुपर्ने बताए ।

सोमबारदेखि सुरु भएको कोप–३१ सम्मेलन नोभेम्बर २० सम्म सञ्चालन हुनेछ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नु हो । विशेषगरी विकासशील राष्ट्रका लागि जलवायु वित्तको विस्तार, जलवायु अनुकूलनका कार्यक्रम तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई सम्मेलनले प्राथमिकता दिएको छ ।

सम्मेलनको बाँकी अवधिमा यी विषयमा सहमति जुटाउन र प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबै राष्ट्रबीच सहकार्य आवश्यक रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

आज कालीमाटी बजारमा कति छ तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

आज पहाडी क्षेत्रमा असिनापानीको सम्भावना, पश्चिम नेपालमा चिसो बढ्ने

पश्चिमी वायु सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।