नेभिगेशन
समाज

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार कात्तिक २८ गते तनहुँको व्यास नगरपालिका–१२ छिर्केनेस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक ३२ वर्षीय शम्भु विकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ४४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिँदा भानु नगरपालिका–५ मैबलका विक घाइते भएका थिए। उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

Marvel
Extreme Energy

नुवाकोटको पञ्चकन्या गाउँपालिका–६ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय नारायण कार्कीको मृत्यु भएको छ। दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा.५ प १३०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्या गाउँपालिका–४ का कार्की घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए।

झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पूर्व–पश्चिम राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २१ वर्षीय साहित गजमेरको मृत्यु भएको छ। बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८०३५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ९ प ३३४ नम्बरको मोटरसाइकल ठोक्किँदा बुद्धशान्ति गाउँपालिका–३ का गजमेर घाइते भएका थिए। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा २२ वर्षीय रोशन परियारको मृत्यु भएको छ। गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को.७ त ५३२५ नम्बरको ट्र्याक्टर ठोक्किँदा धनकुटा नगरपालिका–५ का परियार घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा उनको मृत्यु भएको हो।

बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकमा मिनी फोर्स गाडी र भारतीय मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल ठोक्किँदा भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार राप्तीसोनारी गाउँपालिका–५ चिलरियाका ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको हो।

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा गाडीको ठक्करबाट ५७/५८ वर्षीया दमन्ती सापकोटाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बरको गाडीले कोहलपुर नगरपालिका–२ सिद्धनगरकी सापकोटालाई ठक्कर दिएको थियो। घाइते उनलाई उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न प्रस्ताव गरेका छन्।
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।