नेभिगेशन
समाज

नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण आजको आवश्यकता हो : सभामुख अर्याल

बारा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा शनिबार उनले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार रहेको बताए।

Marvel
Extreme Energy

आफू निश्चित अवधिका लागि सभामुखको जिम्मेवारीमा रहे पनि आफ्नो सामाजिक धरातल र नागरिकका रूपमा समाजसँगको सम्बन्ध कहिल्यै नबिर्सने उनले बताए।

‘म निश्चित अवधिका लागि सभामुख भएको हुँ, तर मेरो धरातल एउटा साधारण नागरिकका रूपमा यही समाजमा छ। हिजोको मेरो हुर्काइ र भोलि पनि यही समाजमा तपाईँहरूसँगै मिलेर बस्नुपर्ने कुरा म कदापि भुल्न सक्दिनँ,’ उनले भने।

अर्यालले आर्थिक रूपमा नेपालले अझै धेरै प्रगति गर्न बाँकी रहे पनि धर्म, संस्कृति, सम्पदा र विविधताबीचको सामाजिक एकता नेपालको विशिष्ट पहिचान भएको बताए।

जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने नेपालको उदाहरणीय विशेषता भएको उनको भनाइ थियो।

उनले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्नुपर्ने उनले बताए।

संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने विषयमा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। विज्ञ तथा सरोकारवालाका सुझाव र अनुभवले भावी पुस्ताका लागि उपयोगी कानुन निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न प्रस्ताव गरेका छन्।