नेभिगेशन
समाज

बिरालो र खरायोको खानामा लुकाएर ल्याइएको २२ करोड मूल्य बराबरको हेरोइन विमानस्थलबाट बरामद

काठमाडौं । बिरालो र खरायोको खानाको प्याकेटमा लुकाएर ल्याइएको २२ करोड रुपैयाँ मूल्यको पाँच किलो ५०० ग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे छन्। उनी थाइल्यान्डबाट नेपाल आएका थिए।

Marvel
Extreme Energy

कात्तिक २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको निगरानी तथा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। उनको लगेजभित्र बिरालो र खरायोको खानाका प्याकेटमा लुकाएर हेरोइन ल्याइएको अवस्थामा फेला परेको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले २२ करोड रुपैयाँ पर्छ। भारत पुर्‍याइएको भए यसको मूल्य अझ बढी हुने प्रहरीको भनाइ छ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्ति भएको दाबी गरेको छ। उनी यसअघि पनि दुईपटक नेपाल आएको अनुसन्धानबाट खुलेको छ।

सन् २०२५ नोभेम्बर ४ र २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका उनले पहिलोपटक हवाई र दोस्रोपटक स्थलमार्ग हुँदै नेपालबाट भारतसम्म लागूऔषध पुर्‍याएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ।

उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र, एक थान पासपोर्ट र मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद परिमाणको हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

पक्राउ परेका तिघारेमाथि ब्यूरोले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
छठको रौनकले झिलिमिली बन्यो सिरहाको ऐतिहासिक सलहेश पोखरी

छठको रौनकले झिलिमिली बन्यो सिरहाको ऐतिहासिक सलहेश पोखरी

महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वको रौनकसँगै...
मनोज गजुरेलले किन मागे माफी?

मनोज गजुरेलले किन मागे माफी?

हास्यकलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा गरिएको प्रस्तुतिले दर्शकमा भ्रम सिर्जना गरेको भन्दै माफी मागेका छन्।
नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण आजको आवश्यकता हो : सभामुख अर्याल

नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण आजको आवश्यकता हो : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।