नेभिगेशन
समाज

भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

भैरहवा विमानस्थलको लागि एयर रुट पाउने पक्कापक्की, अरू के के छन् एजेण्डा ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपालले थप एयर रुट पाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटका लागि भारतीय आकाश प्रयोगको अनुमति पाउने वातावरण बनेको हो । प्रधानमन्त्रीको भारत भ्रमणअघि हालै नेपाल र भारतका अधिकारीहरूबीच भएको चरणबद्ध छलफलमा भारत एयर रुट दिन सहमत भएको हो । 

Marvel
Extreme Energy

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम तत्कालीन समयमा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको  पालामा भएको थियो । तर एयर रुट नपाउँदा विमानस्थल बनाउनु बाहेक अरु उपलब्धि छैन । विमानस्थल प्रभावकारीरूपमा सञ्चालनमा आउने आसमा अर्बौं लगानी गरेका होटल र अन्य व्यवसाय धराशायी भएको छ । देउवा, ओली र प्रचण्ड प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा एयर रुट मागे पनि नेपालले पाएको छैन । 

अहिले दुईतिहाइ बहुमतको सत्ता हाँकिरहेका युवा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणमा भैरहवा विमानस्थलका लागि एयर रुट ब्रेक थ्रु गर्न लागेका हुन् । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भारतसँग एयर रुटको ब्रेक थ्रु हुने वातावरण बनेको बताए । 'नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरू भारतसँग कुरा गरेर आएका छन् । एयर रुट दिन भारत तयार भएको कुरा छ । के कसरी दिने भन्ने कुरा प्रधानमन्त्रीको भिजिटमा ब्रेक थ्रु हुन्छ,' उनले भने । 

नेपालले भैरहवाको एयर रुट माग्दा भारतले पनि पूर्वी नेपालको आकाश छुने गरी बागडोग्रा विमानस्थलका लागि एयर रुट दिन प्रस्ताव गरेको छ । यसमा प्याकेजमै सहमति गर्नेगरी नेपाल तयार भएको छ । यो सहमतिलाई प्रधानमन्त्री शाहको भ्रमणमा मूर्त रुप दिइनेछ । 

भैरहवा विमानस्थलले एयर रुट पाए नेपाली अर्थतन्त्र थप चलायमान हुने विश्वास नेपाली पक्षको छ । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाह पनि भैरहवा एयरपोर्टका लागि एयर रुट ब्रेक थ्रु भए नेपाली अर्थतन्त्रका लागि ठूलो उपलब्धि हुने बताउँछन् । 'यो ब्रेक थ्रु भए नेपालकै लागि मुख्य उपलब्धि हुनेछ । यसले होटल व्यवसाय र पर्यटन फस्टाउनेछ । अर्थतन्त्रले नयाँ गति लिनेछ,' उनी भन्छन् ।  

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाँदैछन् । उनी प्रधानमन्त्री भएको ९ महिनामा पहिलोपटक औपचारिक विदेश भ्रमणमा निस्किन लागेका हुन् । यसअघि उनी अमेरिकास्थित राष्ट्रसंघीय महासभामा भाग लिन गएका थिए । 

प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री गनेश पौडेल पनि भारत जाँदैछन् । यसैगरी प्रधानमन्त्री मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत उद्योगी व्यवसायीसहित ४० सदस्यीय प्रतिनिधि भारत भ्रमणमा जानेछ । भ्रमण दुई दिनको हुने बताइएको छ । 

भ्रमणको औपचारिक मिति भने परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले तय गर्नेछन् । 

अरु के के छन् एजेण्डा ? 

परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा थोरै एजेण्डा छन् । 'हामी ३०/३५ वटा सहमति गरेर संख्या देखाउने पक्षमा छैनौं । उपलब्धिमुलक जे हुनसक्छ त्यही सम्झौता मात्रै गर्छौं । उहाँहरुको पनि त्यही बुझाइ पाएका छौं । सम्झौताहरु धेरै गर्ने तर कार्यान्वयन नहुने गर्दैनौं,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहले भने ।  

परराष्ट्र मन्त्रालयकाअनुसार भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणको एजेण्डा छ । यसैगरी जनकपुर-अयोध्या रेल सञ्चालन तथा क्युआर कारोबार आदानप्रदानसम्मका एजेण्डा छन् । सीमा व्यवस्थापनको विषय पनि मुख्य एजेण्डाका रुपमा रहनेछ । सन्तुलित परराष्ट्र नीतिअनुसार सम्झौताहरु हुनेछन्। 

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग वान टु वान वार्ता गर्ने तयारी छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।
टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन, हरित शिक्षाका अभ्यासमा चासो

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन, हरित शिक्षाका अभ्यासमा चासो

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीका विद्यालयमा अपनाइएको बालमैत्री र वातावरणमैत्री शिक्षण पद्धतिको अवलोकन गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका...
तिहारपछि सुन तोलामा १५ हजार सस्तियो

तिहारपछि सुन तोलामा १५ हजार सस्तियो

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ। तिहारअघि प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य एक सातामै १५ हजार २०० रुपैयाँले घटेको छ।...
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको र सबैको पहिचान खुलेको...