नेभिगेशन
समाज

टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन, हरित शिक्षाका अभ्यासमा चासो

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीका विद्यालयमा अपनाइएको बालमैत्री र वातावरणमैत्री शिक्षण पद्धतिको अवलोकन गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका उनले त्यहाँको ‘हरित विद्यालय’ मोडल र प्रयोगात्मक सिकाइका अभ्यासबारे जानकारी लिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई एन्टाल्याका शैक्षिक संस्थाको अवलोकन गराएका थिए। दुवै मन्त्रीले एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) भ्रमण गरेका थिए।

Marvel
Extreme Energy

अवलोकनका क्रममा मन्त्री पोखरेलले बालबालिकालाई सानै उमेरदेखि प्रकृति, वातावरण संरक्षण र दिगो विकासको अभ्याससँग जोड्ने टर्कीको शैक्षिक पद्धतिबारे चासो राखेका थिए।

उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र र मिनी ग्रीनहाउसको अवलोकन गरेका थिए। बालबालिकाले सञ्चालन गरेका शून्य फोहोर परियोजना, पुनः प्रयोगका अभ्यास तथा नर्सरीमा गोलभेँडालगायत तरकारी र बिरुवा उमार्ने प्रयोगात्मक सिकाइबारे उनले शिक्षक तथा विद्यालय प्रशासनसँग जानकारी लिएका थिए।

भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीले शिक्षक र अभिभावकसँग पनि संवाद गरेका थिए। उनीहरूबीच पूर्वप्राथमिक तथा सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधार र विद्यालय तथा अभिभावकबीचको सहकार्यबारे छलफल भएको थियो।

अवलोकनमा टर्कीको सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए।

विद्यालयका बालबालिकाले अतिथिको स्वागतमा परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरेका थिए। मन्त्रीद्वयले बालबालिकाले तयार पारेका सिर्जनात्मक परियोजनाको अवलोकन गर्नुका साथै उनीहरूसँग भलाकुसारी गरेका थिए।

अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, फोहोर व्यवस्थापनको बानी र जलवायु सचेतना विकास गर्न सके नयाँ पुस्तालाई वातावरणमैत्री जीवनशैलीतर्फ प्रेरित गर्न सकिने धारणा राखेका थिए।

नेपालमा पनि विद्यालय शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको उनले बताए। टर्कीको विद्यालय मोडलबाट नेपालले पनि सिक्न सक्ने उनको भनाइ थियो।

नेपालमा विद्यालयको भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन र राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनमार्फत जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय तहको पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइएको छ। टर्किस समकक्षीसँगको भेटघाट र विद्यालय अवलोकनबाट नेपालको विद्यालय शिक्षा सुधार तथा हरित विद्यालय निर्माणमा सहयोग पुग्ने अपेक्षा मन्त्री पोखरेलले गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।
तिहारपछि सुन तोलामा १५ हजार सस्तियो

तिहारपछि सुन तोलामा १५ हजार सस्तियो

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ। तिहारअघि प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य एक सातामै १५ हजार २०० रुपैयाँले घटेको छ।...
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको र सबैको पहिचान खुलेको...
के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

पछिल्ला केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री हटाउन लागेको खबरले राजनीतिक बजार तातिएको छ ।