नेभिगेशन
समाज

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

नवलपुर । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको र सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

Marvel
Extreme Energy

दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि उद्धार तथा खोजीका क्रममा घाइतेको संख्या ३३ पुगेको हो।

घाइतेमध्ये एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगेर उपचार भइरहेको छ।

घाइते हुनेमा सुदूरपश्चिमका विभिन्न जिल्ला कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी र अछामका यात्रु छन्। धनुषाका एक यात्रु पनि घाइते भएका छन्। घाइतेमध्ये बालबालिका र वृद्धवृद्धासमेत छन्।

दुर्घटनामा घाइते हुनेमा सबैभन्दा कम उमेरकी दुई वर्षीया रेणुका जोशी र सबैभन्दा बढी उमेरकी ७८ वर्षीया धाना चन्द छन्।

बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

पछिल्ला केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री हटाउन लागेको खबरले राजनीतिक बजार तातिएको छ ।
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा स्थायी शान्ति चाहेको बताए पनि पूर्ण युद्धविरामको प्रस्तावलाई भने अझै अस्वीकार गरिरहेका छन्। करिब पाँच वर्षअघि युक्रेनमाथि हमला सुरु गरेका पुटिन अहिले शान्ति...