नेभिगेशन
समाज

के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

काठमाडौँ । सरकारले १८ कात्तिकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गर्‍यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको ठाउँमा एआईजी मनोज केसीलाई आईजीपी बनायो ।

Marvel
Extreme Energy

विना कारण आफ्नो फूली खोसेर प्रधानमन्त्री कार्यालयमा थन्क्याउन खोजेको भन्दै कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

उनको रिट निवेदन दर्ता भई अब पेसी चढ्ने प्रक्रियामा छ ।

यही बेला आइतबार एउटा समाचार आयो कि कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझे ।

गृह मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले समाचार प्रकाशित गरेपछि सबैलाई आश्चर्यचकित पार्‍यो ।

एकातिर सरकारको निर्णयविरुद्ध अदालत गएको अवस्था तथा अर्कोतिर नियुक्तिपत्र बुझेको खबर विरोधाभाष देखिएपछि हामीले कार्की निकट अधिवक्ताहरु तथा निकट प्रहरी अधिकृतसँग यसबारे बुझ्यौ ।

उनीहरु सबैले कार्कीले नियुक्ति पत्र नबुझेको स्पष्ट पारे । साथै मुद्दा पेसीमा चढ्ने तयारी भइरहँदा सरकारबाटै भ्रम फैलाउँदा चिन्ता लागेको बताए । 'एक त सरकारले विना कारण उहाँलाई हटाएपछि मुद्दा मामिलामा छौं । पेसी चढ्ने तयारी भइरहेको बेला सरकारी सञ्चारमाध्यमबाटै किन भ्रामात्मक समाचार आयो? हामी चिन्तित छौँ,' कार्कीको मुद्दा तयारीमा संलग्न एक अधिकारीले भने ।

उनकाअनुसार कार्की नियुक्ति पत्र बुझ्ने मनस्थितिमा छैनन् । उनले न्यायलयमा आफ्नो कुरा राख्नेछन् । 

'आधारभूत रूपमा सरकारको निर्णयको जानकारी प्राप्त गरेपछि नै त्यसमा चित्त नबुझेकाले अदालत जाने हो। पदबाट हटाएर सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको सम्बन्धमा चित्त नबुझेरै प्रहरी महानिरीक्षक कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका हुन्। कार्की आफू अन्यायमा परेको भन्दै सर्वोच्च अदालत पुगेको स्पष्ट छ र यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ,' ती अधिकारी भन्छन्, 'तर, यता सरकारी समाचार एजेन्सीमा यस्तो समाचार कसले लेखाउनुपर्ने आवश्यकता किन र कसलाई परेको होला? प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्रीको निवास, सल्लाहकार वा सञ्चार मन्त्रालय आफैँले?'

उनी राज्यको शक्ति र पदलाई परिस्थितिअनुसार प्रयोग गर्ने होइन, विधि, प्रक्रिया र संस्थागत मर्यादाको सम्मान गर्दै निर्णय गर्नुपर्छ भन्छन् । 'यस्ता विरोधाभासपूर्ण निर्णयले सरकारको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा गर्दैन र?' उनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व मनाउन तराई झरेका दलका शीर्ष नेताले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व आज सम्पन्न भएको छ।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।