नेभिगेशन
समाज

छठ पहाड उक्लिँदैछ, तराई झर्दैछ तीज

राजनीतिक दलका नेताहरू सपरिवार छठ पूजामा सहभागी हुन थालेपछि यो पर्वको आयतन झनै फराकिलो बनेको छ

काठमाडौँ । कुनै बेला मिथिलाञ्चलको मात्रै पर्वका रुपमा परिचित छठ पर्व पछिल्ला केही वर्षयता राष्ट्रिय पर्व बनेको छ । २०४६ सालको परिवर्तनपछि राज्यबाट ‘राष्ट्रिय पर्व’को मान्यता पाएको यो पर्व ३०-३५ वर्षको अवधिमा सबै समुदायको साझा पर्वको रुपमा स्थापित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र प्रमुख (राष्ट्रपति) देखि विभिन्न दलका शीर्ष नेताहरू परिवारैसहित छठी माताको पूजामा सहभागी भएका छन्, व्रत बसेका छन् । 

Marvel
Extreme Energy

आइतबार छठ पर्वको मुख्य दिन, देशभरका जलाशय, ताल, तलाउ र नदी किनार झकिझकाउ छन् । छठी घाट बनाएर सजाइएको छ । छठी माताको मूर्ति प्रतिस्थापन गरिएको छ । विधि पूर्वक पूजा आराधना गरिएको छ । 

व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको विधि समापन समापन हुन्छ । कतिपय व्रतालुहरू त रातभर जाग्रामसमेत बस्ने गर्छन् । छठी माता र सूर्य देवको एक साथ पूजा आराधना गरिने यो पर्वले  धार्मिक महत्व त राख्छ नै सामाजिक सम्बन्ध विस्तारमा पनि सहयोग पुर्याएको छ । 

आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गौरीघाटस्थित बागमती नदी किनारमा स्थापना गरिएको छठघाटमा पुगेर छठी माताको पूजा आराधना गरे । प्रथम महिला सविता पौडेलसहित गौरीघाट पुगेका उनीहरूले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिए ।

Rashtrapati-chhath-1794740256.jpeg
देशको सबैभन्दा ठूलो दल रास्वपा सभापति रवि लामिछाने पत्नी निकितासहित छठ पूजामा सहभागी हुन शनिबार नै जनकपुरधाम पुगे । शनिबार पति–पत्नी दुवै खराना पूजामा सहभागी भए, आइतबार साँझ गंगासागरस्थित छठघाट पुगेर सूर्य र छठी माताको पूजा आराधनामा सहभागी भए । सोमबार बिहान दुवैले उदाउँदो सूर्यलाई अर्घ चढाउनेछन् ।

Rabi-Lamichhane-Chhath-1794742540.jpg
 

काठमाडौँमै हुर्के बढेका कांग्रेस सभापति गगनकुमार थापा पनि छठ पूजाका लागि पत्नी अञ्जनासहित सर्लाही पुगे । गत चुनावमा गगन सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । 

Gagan_Chhath-1794747178.jpeg
 

चुनावमा मधेश झरेका गगन छठ मनाउन पनि मधेश नै झरे । 

रवि र गगन जस्तै गरी सभामुख डीपी अर्याल पनि बारा र पर्सा पुगेर छठ पूजा गरे । अर्याल रास्वपाका निवर्तमान उपसभापति हुन् । सभापति रवि लामिछानेले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका थिए । लामिछाने हिरासत र जेलमा हुँदा अर्यालले नै पार्टी संगठन र आन्दोलनको नेतृत्व गरेका थिए । 

Dp-Aryal-Chhath-1794742541.jpg
 

पहाडी समुदायका तीन शीर्ष नेता यसपालि छठ पूजाका लागि मधेश झरे । मधेशलाई नै कर्मथलो बनाएका नेताहरू त यसअघिका वर्षहरूमा पनि छठ पूजामा सहभागी हुन्थे, व्रत बस्थे । 

तराई मधेशमा मात्रै होइन, पहाडमै पनि छठ पर्वको उल्लास छ । पहाडी समुदायले पनि उल्लास साथ छठ पर्व मनाइरहेका छन्, व्रत बसेका छन् । अधिकांश छठघाट हेर्दा लाग्छ– यो पर्व मधेशी समुदायको मात्रै होइन, मिथिलाञ्चलवासीको मात्रै होइन, आम नेपालीको हो । 

Chhath-Festival-Sirah--3639-1794725114.jpg
रास्वपा नेता एवं सांसद मनिष झाको अनुभवमा ‘छठ पर्व पहाड उक्लिएको छ, तीज मधेश झरेको छ।’ छठ पर्वले देशका सबै समुदायलाई एकताबद्ध बनाउन सहयोग गरिरहेको उनको बुझाइ छ । 

पछिल्ला वर्षहरूमा पहाडमा जसरी छठ पर्वको रौनक छाउँछ, उसैगरी पहाडी समुदायमा धुमधामका साथ मनाइने तीज पर्व मधेशमा पनि मनाउने क्रम बढेको छ। 

नेपालका चाडपर्वले सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत त पुर्याउँछन् नै, यिनै पर्वको माध्यमबाट दलका नेताहरूले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास पनि गरिरहेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

पछिल्लो दशकको तथ्यांकले दुर्घटनाको समस्या कति तीव्र छ भन्ने देखाउँछ। सन् २०१५ मा ९ हजार १४५ दुर्घटना भएका थिए। सन् २०२२ मा यो संख्या बढेर २४ हजार ५३७...
भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो। अब बिहान ५ बजेपछि मात्रै...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।