नेभिगेशन
समाज

अहिले कहाँकहाँ भइरहेछ वर्षा र हिमपात ?

काठमाडौं। पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आज मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

Marvel
Extreme Energy

त्यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार दिउँसो १२ बजेसम्म सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु वित्तका एक दर्जन कार्यक्रममा सहभागी भएर फर्किए अर्थमन्त्री वाग्ले

जलवायु वित्तका एक दर्जन कार्यक्रममा सहभागी भएर फर्किए अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन्।
नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ

नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ

लाओसबाट दुईपटक नेपाल आएर भारतसम्म लागुऔषध ओसारपसार गरेको आरोप लागेका भारतीय नागरिक यसपटक २२ करोड रुपैयाँ मूल्यको हेरोइनसहित पक्राउ परेका छन्।
बिरालो र खरायोको खानामा लुकाएर ल्याइएको २२ करोड मूल्य बराबरको हेरोइन विमानस्थलबाट बरामद

बिरालो र खरायोको खानामा लुकाएर ल्याइएको २२ करोड मूल्य बराबरको हेरोइन विमानस्थलबाट बरामद

बिरालो र खरायोको खानाको प्याकेटमा लुकाएर ल्याइएको २२ करोड रुपैयाँ मूल्यको पाँच किलो ५०० ग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।