नेभिगेशन
समाज

भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौँ । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि काठमाडौँ प्रशासनले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनको सञ्चालनमा समयसीमा तोकेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो। अब बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

Marvel
Extreme Energy

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक ईभी हाइस करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सार्वजनिक यातायातको सुरक्षालाई लिएर चासो बढिरहेका बेला काठमाडौँ प्रशासनले अर्को वैकल्पिक सडकमार्गका रूपमा प्रयोग हुने बल्खु–दक्षिणकाली–हेटौँडा खण्डमा रातिको समयमा सवारी सञ्चालनलाई नियमन गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएका छन्। साँघुरा सडक, भिरालो र घुम्ती भएका सडक, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही र तीव्र गति दुर्घटनाका जोखिमका रूपमा औँल्याइएको छ।

त्यसैगरी, रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्दा यात्रु तथा चालकको जोखिम बढ्ने, एकै दिन धेरै पटक ओहोरदोहोर गर्नुपर्ने प्रतिस्पर्धाका कारण चालकमा अत्यधिक तनाव हुने र पर्याप्त निद्रा नपुग्ने अवस्थाले समेत दुर्घटना निम्त्याइरहेको प्रशासनको ठहर छ।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार जारी सूचनामा यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, उक्त रुटमा पर्ने काठमाडौँ जिल्लाभित्रका प्रहरी युनिट र ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउन भनिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर समयतालिका निर्धारण गरिएको जनाएका छन्।

d0084b8c-c8e9-41ef-96e4-40d96a3f3c2f-1794578524.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

पछिल्लो दशकको तथ्यांकले दुर्घटनाको समस्या कति तीव्र छ भन्ने देखाउँछ। सन् २०१५ मा ९ हजार १४५ दुर्घटना भएका थिए। सन् २०२२ मा यो संख्या बढेर २४ हजार ५३७...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

पोखरामा गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी

ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले...
रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ ।