नेभिगेशन
समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व आज सम्पन्न भएको छ। महोत्तरीसहित तराई–मधेसका विभिन्न जिल्लामा बिहानैदेखि छठ घाटमा भेला भएका व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको पर्व समापन गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शनिबार पञ्चमी तिथिमा निराहार व्रत सुरु गरेका व्रतालुले आइतबार साँझ षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। आज सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो।

Marvel
Extreme Energy

पर्व सम्पन्न भएसँगै व्रतालु छठ घाटबाट घर फर्किएका छन्। घर पुगेपछि उनीहरूले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

छठ पर्व कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधि र परम्पराअनुसार मनाइन्छ। चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गर्ने विधिलाई ‘नहाय–खाय’ भनिन्छ। पञ्चमीका दिन एक छाक अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिन्छ।

षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

छठमा सूर्यदेवलाई अर्पण गरिएका ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दही प्रसादका रूपमा ग्रहण गरिन्छ। प्रसाद खाने र खुवाउने क्रम पर्व सकिएपछि पनि जारी रहन्छ।

मिथिलामा छठको प्रसाद छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रकहाँ ‘भार’ (सोली) मा राखेर पठाउने चलन छ। प्रसाद बाँड्ने र ग्रहण गर्ने क्रम महिनौँसम्म चल्ने गर्छ।

छठ व्रत गरे सुख, शान्ति र सन्तोष प्राप्त हुने तथा रोगव्याधबाट मुक्ति मिल्ने जनविश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।
पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।
डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

अमेरिकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।