नेभिगेशन
समाज

डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

काठमाडौँ । अमेरिकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा छ। अघिल्लो दिन पनि डलरको यही दर कायम थियो।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा छ। अघिल्लो दिन युरोको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो। यसअनुसार युरोको खरिददर ५५ पैसा र बिक्रीदर ५६ पैसा घटेको छ।

युके पाउन्ड स्टर्लिङको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा दुवै दर २६ पैसा घटेका छन्।

स्विस फ्र्याङ्कको खरिददर ४१ पैसा र बिक्रीदर ४१ पैसा घटेर क्रमशः १७९ रुपैयाँ ३८ पैसा र १८० रुपैयाँ ०९ पैसा कायम भएको छ। अस्ट्रेलियन डलरको खरिददर ३६ पैसा र बिक्रीदर ३६ पैसा घटेको छ।

त्यस्तै, क्यानेडियन डलरको खरिददर आठ पैसा र बिक्रीदर आठ पैसा घटेको छ भने सिङ्गापुर डलरको दुवै दर सात पैसा घटेको छ।

जापानी येन १० को खरिददर एक पैसा र बिक्रीदर एक पैसा बढेको छ। कतारी रियालको खरिददर एक पैसा र बिक्रीदर दुई पैसा बढेको छ। बहराइन दिनारको खरिद तथा बिक्रीदर पाँच-पाँच पैसा बढेको छ।

स्विडिस क्रोनरको खरिददर सात पैसा र बिक्रीदर सात पैसा घटेको छ। डेनिस क्रोनरको दुवै दर सात पैसा घटेको छ। थाई भाटको खरिददर एक पैसा घट्दा बिक्रीदर यथावत् छ।

चिनियाँ युआन, साउदी रियाल, मलेसियन रिङ्गेट, हङकङ डलर, कुवेती दिनार र ओमानी रियालको मूल्य भने अघिल्लो दिनकै स्तरमा छ। युएई दिरामको खरिददर एक पैसा घटेको छ भने बिक्रीदर यथावत् छ। दक्षिण कोरियन वन १०० को खरिददर एक पैसा बढेको छ भने बिक्रीदर स्थिर छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।
पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।
किसानको धान जोगाउन खेतखेतमा प्रहरी

किसानको धान जोगाउन खेतखेतमा प्रहरी

जङ्गली हात्तीको जोखिमले पाकेको धान भित्र्याउन नपाएका झापाको बाहुनडाँगीका किसानलाई सघाउन प्रहरी र जनप्रतिनिधि खेतमै पुगेका छन्।