नेभिगेशन
समाज

किसानको धान जोगाउन खेतखेतमा प्रहरी

झापा । जङ्गली हात्तीको जोखिमले पाकेको धान भित्र्याउन नपाएका झापाको बाहुनडाँगीका किसानलाई सघाउन प्रहरी र जनप्रतिनिधि खेतमै पुगेका छन्। हात्तीको आवागमनबाट धानबालीमा हुनसक्ने क्षति रोक्न आइतबार सुरक्षाकर्मी, स्थानीय बासिन्दा र जनप्रतिनिधिले संयुक्त रूपमा धान काटेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका हात्ती प्रभावित क्षेत्र तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसान मिलेर धान काटेका हुन्।

Marvel
Extreme Energy

यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धान समयमै भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि संयुक्त रूपमा बाली भित्र्याउने अभियान चलाइएको हो।

‘हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन्। त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ,’ उनले भने।

हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणसँगै किसानको कृषि उपज जोगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगा पुगेको थियो।

अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए। किसानको मागपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने र किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।
पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।
डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

अमेरिकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।