नेभिगेशन
समाज

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर। भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। पदमार्ग, प्रवेशद्वार, विश्रामस्थल र सुम्निमा–पारुहाङको सालिक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग र विश्रामस्थल निर्माण गरेको छ। पदमार्ग बनेपछि पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ।

Marvel
Extreme Energy

दुई जिल्लाको सङ्गमस्थल कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई अघि बढाइएको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। उनका अनुसार यसका लागि खोटाङको खोटेहाङ गाउँपालिकासँग पनि सहकार्य भइरहेको छ।

‘कपासे भञ्ज्याङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। यसको विकासमा हामी जुटेका छौँ। वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ। कपासे क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने।

कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासका काम भइरहेको वडा कार्यालयले जनाएको छ। प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति र सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके यसलाई पूर्वी पहाडी क्षेत्रकै आकर्षक गन्तव्य बनाउन सकिने वडाध्यक्ष माङ्पाहाङको भनाइ छ।

स्थानीय बासिन्दा बबिन्द्र राईका अनुसार पर्यटकको आवागमन बढेसँगै स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको छ। पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण हुन थालेपछि स्थानीयमा पर्यटन विकासप्रति उत्साह बढेको उनले बताए।

‘पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ। दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन्। घुम्न आउने मानिसको सङ्ख्या बढेको छ। यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ,’ उनले भने।

कपासे भञ्ज्याङको प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणलाई थप प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।
डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

अमेरिकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।
किसानको धान जोगाउन खेतखेतमा प्रहरी

किसानको धान जोगाउन खेतखेतमा प्रहरी

जङ्गली हात्तीको जोखिमले पाकेको धान भित्र्याउन नपाएका झापाको बाहुनडाँगीका किसानलाई सघाउन प्रहरी र जनप्रतिनिधि खेतमै पुगेका छन्।