नेभिगेशन
समाज

छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

काठमाडौँ । छठ पर्व मनाउन तराई झरेका दलका शीर्ष नेताले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका नेताहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको पूजा सम्पन्न गरेका हुन् । 

Marvel
Extreme Energy

सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी भए । त्यसक्रममा उनले गढीमाई मन्दिरमा पुगेर दर्शन पनि गरे । 

रास्वपा सभापति रवि लामिछानेले जनकपुरमा विहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाए । 

कांग्रेस सभापति गगनकुमार थापाले वीरगंजस्थित घडिअर्वा घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिए । 

यसपालि सत्तारुढ रास्वपा सभापति लामिछाने र कांग्रेस सभापति थापा छठ मनाउन सपरिवार तराई झरेका छन् । 

सभामुख अर्याल पनि तराईमै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व आज सम्पन्न भएको छ।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ।
पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।