नेभिगेशन
समाज

६ किलो बढी चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित प्रहरी चेकपोइन्टबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले आज विहान १ः४५ बजे सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।

Marvel
Extreme Energy

प्रहरीका अनुसार गोर्खा, चितवनको सौराहा र हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको गाडीको पछाडिको डिक्कीमा रहेको कालो रङको लगेजभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ (चालक) र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।

प्रहरीले उनीहरूसहित प्रयोग गरिएको गाडी र बरामद पदार्थ नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

पछिल्ला केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री हटाउन लागेको खबरले राजनीतिक बजार तातिएको छ ।
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा स्थायी शान्ति चाहेको बताए पनि पूर्ण युद्धविरामको प्रस्तावलाई भने अझै अस्वीकार गरिरहेका छन्। करिब पाँच वर्षअघि युक्रेनमाथि हमला सुरु गरेका पुटिन अहिले शान्ति...
के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

सरकारले १८ कात्तिकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गर्‍यो ।