नेभिगेशन
समाज

झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

मस्को । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा स्थायी शान्ति चाहेको बताए पनि पूर्ण युद्धविरामको प्रस्तावलाई भने अझै अस्वीकार गरिरहेका छन्। करिब पाँच वर्षअघि युक्रेनमाथि हमला सुरु गरेका पुटिन अहिले शान्ति वार्ताका लागि झन् कडा सर्तहरू अघि सार्दै छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी दूतहरू स्टिभ विटकॉफ र जेरेड कुशनरसँगको हालैको वार्तापछि रूसले आफ्नो अडान स्पष्ट पारेको छ। रूसका अनुसार, युक्रेनमा शान्ति ल्याउनका लागि पहिले पुरै युरोपको सुरक्षा व्यवस्था बदलिनुपर्छ। यो परिवर्तन दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछिकै सबैभन्दा ठूलो फेरबदल हुन सक्छ।

Marvel
Extreme Energy

रूसका मुख्य मागहरू के–के छन्?

रूसले सन् २०२१ को डिसेम्बरमा अमेरिका र नेटो (सैन्य गठबन्धन) सामु राखेका पुराना सर्तहरूलाई फेरि ब्युँताएको छ । नेटोको विस्तार रोक्ने उसको पहिलो माग छ। युक्रेन र जर्जियाजस्ता छिमेकी देशहरूलाई कहिल्यै पनि नेटोको सदस्य नबनाउने पक्का ग्यारेन्टी रूसले खोजेको छ। यसैगरी सोभियत संघ टुक्रिएपछि नेटोमा जोडिएका पूर्वी युरोपेली देशहरूबाट नेटोका सेना र हतियार पछाडि हटाउनुपर्ने दोस्रो माग छ।पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार, पश्चिमा देशहरूले रूसलाई हराउन खोजिरहेकाले रूसले आफ्ना मागको सूचीमा अझै नयाँ बुँदाहरू थप्ने तयारी गरिरहेको छ।

रूस किन आत्मविश्वासी देखिएको छ?

युद्धको बीचमा युरोपको सुरक्षा व्यवस्थाबारे बहस सुरु हुनुलाई रूसले आफ्नो 'पहिलो कूटनीतिक जित' ठानेको छ। अमेरिकी प्रतिनिधिहरू आफैँ सम्झौताको आशा लिएर मस्को आउनु र युरोपेली देशका नेताहरूले पनि पुटिनसँग फोनमा सम्पर्क बढाउनुले पुटिनको आत्मविश्वास अझै बढेको छ। आगामी साता चीनमा हुने एक सम्मेलनमा पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन सक्ने चर्चा छ, जसलाई रूसी सञ्चारमाध्यमले विश्वको शक्ति सन्तुलन बदल्ने ठूलो बैठकका रूपमा हेरिरहेका छन्।

युरोपमा बढ्यो चिन्ता 

अर्कोतर्फ, युरोपेली देशहरू रूसको यो चालबाट सशंकित छन्। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लासले रूसको नयाँ सुरक्षा व्यवस्थाको मागलाई एउटा 'जाल' भनेकी छिन्। उनका अनुसार रूसले मुख्य मुद्दा अर्थात् 'युद्धविराम' बाट ध्यान भड्काउन खोजिरहेको छ। कल्लासले पहिले युद्ध रोकिनुपर्ने, त्यसपछि शान्ति सम्झौता हुनुपर्ने र अन्तिममा मात्र युरोपको सुरक्षाबारे छलफल हुनुपर्ने बताएकी छिन्।

हाल आबुधाबीमा भइरहेका शान्ति वार्ताहरूमा अमेरिका, रूस र युक्रेन सहभागी भए पनि युरोपलाई बाहिर राखिएको छ। आगामी वार्तामा युरोपलाई सहभागी गराउने कि नगराउने भन्ने विषयमा रूसले अझै कुनै निर्णय लिएको छैन।

युद्धका कारण रूसले पनि ठूलो क्षति व्यहोरेको छ। युक्रेनी ड्रोन आक्रमणले रूसका तेल प्रशोधन केन्द्रहरूमा क्षति पुर्‍याउँदा देशभित्र इन्धन अभावको खतरा बढेको छ भने अर्थतन्त्रमा पनि दबाब छ। यद्यपि, यी समस्याहरूले पुटिनलाई आफ्नो अडानबाट पछि हट्न बाध्य पार्न सकेका छैनन्। बिबिसी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

सरकारले १८ कात्तिकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गर्‍यो ।
छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व मनाउन तराई झरेका दलका शीर्ष नेताले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व आज सम्पन्न भएको छ।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।