नेभिगेशन
बजार

तिहारपछि सुन तोलामा १५ हजार सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ। तिहारअघि प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य एक सातामै १५ हजार २०० रुपैयाँले घटेको छ। यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ३३५ रुपैयाँ घटेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला तीन हजार ५२० रुपैयाँ कायम भएको छ।

Marvel
Extreme Energy

तिहारअघि गत कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य प्रतितोला १५ हजार २०० रुपैयाँ अर्थात् करिब ५.३५ प्रतिशत घटेको छ। चाँदीको मूल्य पनि ३३५ रुपैयाँ अर्थात् करिब ८.६९ प्रतिशतले घटेको छ।

आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी ८० रुपैयाँ घटेको हो। आइतबार सुन दुई लाख ७० हजार २०० रुपैयाँ र चाँदी तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार पनि सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। त्यस दिन एकैपटक प्रतितोला १२ हजार ६०० रुपैयाँ घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यसपछि आइतबार थप एक हजार ५०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि ओरालो लागेको हो।

यसरी तिहारपछि सुनचाँदी दुवैको मूल्य निरन्तर घटिरहेको छ। विशेषगरी चाँदीको मूल्यमा प्रतिशतका आधारमा सुनभन्दा बढी गिरावट देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, ४१ जना सवार रहेको खुल्यो

धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको र सबैको पहिचान खुलेको...
के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

पछिल्ला केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री हटाउन लागेको खबरले राजनीतिक बजार तातिएको छ ।
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।