नेभिगेशन
समाज

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आइतबारदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको जनकपुरधामस्थित जानकी मन्दिरमा शुभारम्भ गर्दै लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन पार्टीले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए।

Marvel
Extreme Energy

उनले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई व्यवस्थित गर्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने बताए।

‘सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,’ उनले भने, ‘सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ।’

सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र विषय नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै दलबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो।

लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकार सम्पन्न बनाउन पार्टी प्रतिबद्ध रहेको उनले बताए।

मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्य मजबुत बनाउन मेची–महाकाली पदयात्राले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

पदयात्रा अभियन्ता सिंहले सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र नागरिकले भोगिरहेका समस्या नजिकबाट बुझ्ने उद्देश्यले यात्रा सुरु गरेको बताए।

उनका अनुसार पदयात्राका क्रममा मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे प्रत्यक्ष जानकारी लिइनेछ। यात्रा केवल भौगोलिक दूरी पार गर्ने अभियान नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियानसमेत भएको उनले बताए।

सिंहले यात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल हिँड्ने जानकारी दिए। जानकी मन्दिरबाट सुरु भएको पदयात्राका क्रममा मधेससहित देशका विभिन्न भूभागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई बिदाइ गरे ।
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट पाउने भएको छ ।
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।