नेभिगेशन
नेताका कुरा

सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन् । सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई बिदाइ गरे । सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेश, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिए । 

Marvel
Extreme Energy

जात, लिंग, धर्म, सम्प्रदाय वा भूगोलभन्दा माथि उठेर सबैलाई जोड्न गरिएको पदयात्रा सफल हुने विश्वास पनि लामिछानेले व्यक्त गरे । 

सांसद सिंहले देशका विभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्न पदयात्रा सुरु गरेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन्।
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट पाउने भएको छ ।
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।