नेभिगेशन
समाज

एनभिडियासँग १० दिनभित्र जवाफ माग्दै अमेरिकी अर्थमन्त्री, हुआङलाई फर्काउन डेढ लाखको हस्ताक्षर

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनमा अत्याधुनिक एआई चिप पुर्‍याएको आशंकाबारे विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्। उनले कम्पनीको निर्यात नियन्त्रणसम्बन्धी प्रणालीमाथि प्रश्न उठाउँदै आगामी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी निर्यात प्रतिबन्ध छल्दै सिंगापुरस्थित मेगास्पिड इन्टरनेसनलमार्फत एनभिडियाका उन्नत चिप चीन पुगेको हुन सक्ने आशंकाबारे बेसेन्टले स्पष्टीकरण मागेका हुन्। उनले कम्पनीले आफ्ना ग्राहक र चिपको अन्तिम गन्तव्यबारे पर्याप्त जानकारी राखेको थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्।

Marvel
Extreme Energy

अमेरिकी न्याय मन्त्रालयले पनि यस प्रकरणमा आपराधिक अनुसन्धान गरिरहेको छ। अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले सन् २०२४ देखि थालेको अनुसन्धान पछि न्याय मन्त्रालयलाई हस्तान्तरण गरेको थियो।

मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रण उल्लंघन गर्दै चीनमा चिप पुर्‍याएको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशंका छ। कम्पनीले भने गैरकानुनी कारोबार गरेको आरोप अस्वीकार गर्दै अमेरिकी निकायसँग सहकार्य गरिरहेको जनाएको छ।

बेसेन्टले एनभिडियामा निर्यात नियन्त्रणको सम्भावित कमजोरी कम्पनीको तल्लो तहमा सीमित थियो वा उच्च व्यवस्थापनसम्म पुगेको थियो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। उनले कम्पनीको आगामी सीईओ बाहिरबाट नियुक्त गर्नुपर्ने र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक रहेको धारणा राखेका छन्।

यसैबीच, एनभिडियाका सहसंस्थापक तथा ३३ वर्षदेखि कम्पनीको नेतृत्व गरेका जेन्सेन हुआङले नोभेम्बर १२ मा तत्काल लागू हुने गरी अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन्।

कम्पनीले प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। स्थायी उत्तराधिकारी चयन नभएसम्म उनले नै कम्पनीको नेतृत्व गर्नेछिन्। कम्पनीले आन्तरिक र बाह्य दुवै उम्मेदवारमाथि विचार गर्ने जनाएको छ।

हुआङको राजीनामापछि उनलाई पुनः नेतृत्वमा फर्काउनुपर्ने माग गर्दै प्रविधि क्षेत्रका उद्यमी, कर्मचारी र सेयरधनीले खुलापत्र अभियान चलाएका छन्। नोभेम्बर १६ मा प्रकाशित गार्डियनको समाचारअनुसार उक्त अभियानमा एक लाख ६५ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन्।

टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कसहित विभिन्न प्रविधि कम्पनीका नेतृत्वकर्ताले हुआङलाई पुनः नियुक्त गर्नुपर्ने माग गरेका छन्। खुलापत्रमा स्वतन्त्र अनुसन्धान पूरा नभएसम्म उनलाई नेतृत्वमा फर्काउन र सञ्चालक समितिले निर्णय प्रक्रियाबारे पारदर्शिता अपनाउन माग गरिएको छ।

यद्यपि, हस्ताक्षरकर्ताको संख्या र उनीहरूको एनभिडियासँगको सम्बन्ध स्वतन्त्र रूपमा प्रमाणित भएको छैन। अभियान कम्पनीको आधिकारिक पहल पनि होइन।

हुआङको राजीनामासँगै एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। नोभेम्बर १२ मा कारोबार सुरु हुँदा सेयर मूल्य १४ प्रतिशतसम्म घटेको थियो। ब्लुमबर्गका अनुसार त्यस दिन कम्पनीको बजार पुँजीकरणबाट करिब ६०१ अर्ब डलर गुमेको थियो।

अक्टोबरको सुरुवातमा करिब ५.८ ट्रिलियन डलर पुगेको कम्पनीको बजार मूल्य नोभेम्बर १६ सम्म आइपुग्दा करिब ३.९ ट्रिलियन डलरमा झरेको रोयटर्सले जनाएको छ।

अमेरिकी प्रतिनिधिसभाका विदेश मामिला, चीनसम्बन्धी रणनीतिक प्रतिस्पर्धा र गुप्तचरसम्बन्धी तीन समितिले पनि एनभिडियाको सुरक्षा प्रणाली र हुआङको सम्भावित विदेशी गुप्तचर सम्पर्कबारे जानकारी लिन खोजेका छन्। हुआङ र कम्पनीका प्रतिनिधिले समितिसमक्ष उपस्थित हुन सहमति जनाएका छन्।

एनभिडियाले नोभेम्बर १७ मा आर्थिक वर्ष २०२७ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दैछ। नेतृत्व परिवर्तन र चीनमा चिप निर्यातसम्बन्धी विवादबीच सार्वजनिक हुने यो विवरणलाई लगानीकर्ताले चासोका साथ हेरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन्।
सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई बिदाइ गरे ।
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

भारत भ्रमणमा कूटनीतिक 'डिपार्चर' गर्ने बालेनको तयारी

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट पाउने भएको छ ।