नेभिगेशन
समाज

बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहान करिब १०:२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको थियो।

Marvel
Extreme Energy

दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। थप खोजी गर्ने क्रममा बुङ्गल नगरपालिका–१० की चार वर्षीया रियास महराको शव फेला परेपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा रहेका छन्।

प्रहरीका अनुसार अटोमा चालकसहित छ जना सवार थिए। दुर्घटनामा परेका सोही ठाउँका १२/१३ वर्षीय विक्रम महरा सकुशल रहेको र उनी घर गएको बुझिएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले खोजी तथा उद्धारसँगै घटनाबारे अनुसन्धान अघि बढाएको छ।

अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अटो घटनास्थलमै रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनभिडियासँग १० दिनभित्र जवाफ माग्दै अमेरिकी अर्थमन्त्री, हुआङलाई फर्काउन डेढ लाखको हस्ताक्षर

एनभिडियासँग १० दिनभित्र जवाफ माग्दै अमेरिकी अर्थमन्त्री, हुआङलाई फर्काउन डेढ लाखको हस्ताक्षर

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनमा अत्याधुनिक एआई चिप पुर्‍याएको आशंकाबारे विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्।
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस चलाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन्।
सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

सांसद अमरेश सिंहले थाले मेची-महाकाली पदयात्रा

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई बिदाइ गरे ।
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।