नेभिगेशन
सबै कुरा

भ्याट छली गरेको १६ वर्ष पछि भाटभटेनीले तिर्याे एक अर्ब ९० कराेड जरिवाना

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको दण्ड बापतको रकम सरकारी खातामा दाखिला गरेको छ ।विवादास्पद पृष्ठभूमिका व्यवसायी मिन बहादुर गुरुङको उक्त सुपर मार्केटले आन्तरिक राजश्व विभाग मातहतको ठूलाकरदाता कार्यालयमा केही दिन अघि आफ्नो सबै दण्ड जरिवाना तिरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भाटभटेनीले सर्वोच्च अदालतबाट सदर भएको भ्याट छली, सोको जरिवाना र ब्याजसमेत गरेर रकम तिरेको आन्तरिक राजश्व विभागले जनाएको छ । उसले एक अर्ब ९० करोड रुपैयाँ दाखिला गरेको ठूला करदाता कार्यालयले जनाएको छ । 

Marvel
Extreme Energy

‘कुल गरेर एक अर्ब ९० करोड रुपैयाँ भाटभटेनीले दाखिला गरेको छ,’ कार्यालयका सूचना अधिकारी ध्रुबप्रसाद पाण्डेले सिधाकुरासँग भने, ‘सर्वोच्चबाट गत वर्ष माघ १६ मा भएको फैसलाको पूर्णपाठ आएपछि सो रकम दाखिला भएको हो । ’

कार्यालयका अनुसार सबै तहका अदालतबाट सबै प्रक्रिया पुरा भएपछि सदर भएको कर भाटभटेनीले तिरेको हो । करछलीको अपराध गरेको १६ वर्षपछि जरिवाना र ब्याजसमेत गरेर उक्त रकम असुल भएको कार्यालयको भनाई छ ।

आन्तरिक राजस्व विभागको अनुगमन टोलीले १९ माघ ०६७ मा भाटभटेनीमा छापा मारेको थियो । सो क्रममा प्राप्त कागजातका आधारमा गरेको अनुसन्धानमा उक्त कम्पनीको २०६४ देखीकै कारोबारमा कैफियत देखिएको थियो । आर्थिक वर्ष २०६५/६६ मा भाटभटेनी सुपर मार्केटले नक्कली भ्याटबिल बनाएर कर छली गरेको पाइएकाे थियो।

भारतबाट वस्तु आयात गरेर गरेको खरिद बिक्रीमा भाटभटेनीले नक्कली बिल प्रयोग गरेर कर छली गरेको भन्दै २०६९ भदौ १ गते अन्तिम कर निर्धारण गरेको थियो । 

उक्त कर निर्धारणलाई २०६९ पुस ६ गते आन्तरिक राजश्व विभागका महानिर्देशकको निर्णयबाट सदर भएको थियो । सोको विरुद्ध भाटभटेनी राजश्व न्यायधिकरणमा पुनरावेदनका लागि गएको थियो । तर उसले पनि २०७४ असार २९ मा उक्त पुरानै निर्णयलाई सदर गरेको थियो । त्यसपछि सर्वोच्च अदालत गएको भाटभटेनीले २०७६ पुस २८ गते उक्त मुद्दा पुनः हारेको थियो । त्यसपछि पुनः आफ्नो मुद्दामा भाटभटेनी सर्वोच्चमै पुनरावलोकनमा गएको थियो । तर, त्यसैको फैसला सुनाउँदै सर्वोच्चले २०८० माघ १६ मा पुरानै फैसला सदर गरेको थियो । 

उक्त फैसलाको पूर्णपाठ आएपछि दण्डजरिवानाको रकम तिरिएको भाटभटेनीका एक उच्च तहका कर्मचारीले सिधाकुरालाई बताए । ‘कर कार्यालयमा प्रणालीले गरेको हरहिसाब फरफारक गरेका छौँ,’ ति कर्मचारी भन्छन्,‘एक अर्ब ९० करोड दाखिला भएको छ  अब थप छैन जस्तो लाग्छ ।’  मुद्दाको अन्तिम किनारा लागि सकेका कारण बक्यौता तिरेर ढुक्क हुन चाहेको भाटभटेनीको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई...
पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

माचारबारे बुझ्नु छ भन्दै प्रहरीले पत्रकारमाथि धरपकड सुरू गरेको छ। शुक्रबार दिउँसो प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। उनलाई साइबर ब्यूरो लगिएको छ।
राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

व्यवसायी दीपक भट्टले छोटो समयमा गरेको प्रगति र तरक्की लोभलाग्दो थियो । पछि पत्ता लाग्यो– उनी त नामुद बिचौलिया पो रहेछन् ।
नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्।