नेभिगेशन
सबै कुरा

शिक्षा क्षेत्रमा व्याप्त दलीयकरणबारे नागरिक संवाद गर्न सुमना श्रेष्ठको वीरगञ्ज–काठमाडौँ यात्रा


काठमाडौँ । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले वीरगञ्जदेखि काठमाडौँसम्म नागरिक संवाद यात्रा सुरु गरेकी छिन् । नागरिकका आवाज सदनसम्म पुर्‍याउन र नागरिकका कुरा सुनेर सिक्न शुक्रबार बिहान ९ बजे वीरगञ्जको घण्टाघरबाट उनले यात्रा सुरु गरेकी हुन्।

City Express

‘राजनीतिक पार्टीहरूको दलीय हस्तक्षेपले हाम्रो शिक्षा र प्रशासनलाई तहसनहस बनाएको छ। शिक्षाक्षेत्र बिग्रिनुमा मात्र हैन मिटर ब्याज पीडित, सहकारी बचतकर्ताको समस्या बढ्नु र भ्रष्टाचार नियन्त्रण नहुनु पनि दलीयकरणको परिणाम हो’, श्रेष्ठले भनिन्।  

दलीयकरणको असर देखिएको शिक्षाक्षेत्र त एउटा प्रतिनिधिमूलक क्षेत्र मात्र भएको तर सबै क्षेत्रमा दलीयकरणले सुशासनमा अवरोध भएको श्रेष्ठको बुझाइ छ। ‘राजनीतिक दलका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो ? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो ? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो ? होइन, कति पुस्ताले गुमाउनु पर्ने हो ? के यो देश कहिले पनि नबनाउने हो ?’ उनले प्रश्न गरिन् ।

‘नेपालमा नेपाली मात्र भएर किन पुग्दैन ? एउटा सामान्य काम गर्न पनि कुनै न कुनै दलको झण्डा मुनि नै बस्न पर्ने किन ? किन जहिले पनि एउटा चिनेको मान्छे नभई केही काम नबन्ने ?’ भन्ने प्रश्न आफ्नो मनमा आएको र यीनै विषयमा नागरिकको भोगाइको गहिराई बुझ्न यात्रा सुरु गरेको श्रेष्ठको भनाई छ। यात्रा वीरगञ्ज, सिमरा, हेटौडा, चितवन, धादिङ हुँदै संसद अधिवेशन सुरु हुनु अघि काठमाडौं पुगेर टुङ्गिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा...
शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

नेपाल शिक्षक महासंघले  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २...
शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय...