नेभिगेशन
सबै कुरा

बाइडेन प्रशासनले रोकेको बम इजरायल पठाउन ट्रम्पको आदेश

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको उनले बताएका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए ।  

CG

“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने । 

“तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केहि हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताए । राष्ट्रपति ट्रम्पले भने, “यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्।”

“त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार उनको उक्त भनाइ आएको हो । 

यस्तै, ट्रम्प प्रशासनले इजरायललाई ‘अटूट समर्थन’ गर्ने वचन दिएको छ तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउण्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन् ।  

“हामीले त्यसलाई छोडिदियौं। हामीले त्यसलाई आज पठाएका छौं,” ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विष्फोटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने । 

उनले भने, “उनीहरूले त्यस ९विष्फोटक पदार्थ०का लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन्।”

सन् २०२३ को अक्टोबरमा प्यालेष्टिनी इस्लामी समूह ९हमास० ले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेष्टिनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ र पूर्वाधारहरू ध्वस्त भएका छन् ।संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ।

गत अक्टोबरमा आफ्नो चुनावी अभियानका क्रममा पूर्व रियल स्टेट डेभलपरसमेत रहेका ट्रम्पले युद्धग्रस्त गाजालाई ‘सही तरिकाले पुनर्निर्माण गरिएमा मोनाकोभन्दा राम्रो’ हुने सञ्चारकर्मीसँगको कुराकानीमा बताए । 

ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका पूर्वकर्मचारी जारेड कुश्नरले गत फेब्रुअरीमा इजरायलले गाजालाई सर्वसाधारणको वस्तीका रूपमा खाली गर्न सुझाव दिएका थिए ।  

प्यालेस्टिनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । अरब जगत्ले प्यालेस्टिनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयास इजरायलको स्थापनाको समय अर्थात् ७५ वर्षअघि प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो ऐतिहासिक सम्झनाहरू जगाउनेछ। 

इजरायलले गाजावासीलाई अन्यत्र जान बाध्य पार्ने कुनै योजना नरहेको बताउँदै आएको छ । तर इजरायली सरकारका केही अति दक्षिणपन्थी सदस्यहरूले सार्वजनिक रूपमा गाजावासीहरूले प्यालेस्टिनी भूमि सामूहिक रूपमा छोड्नुपर्ने विचारको समर्थन गरेका छन् ।

(((

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्यानडामा पर्यटन बोर्डसँगको समन्वयमा  ‘नेपाल इभिनिङ’ कार्यक्रम

क्यानडामा पर्यटन बोर्डसँगको समन्वयमा  ‘नेपाल इभिनिङ’ कार्यक्रम

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा  संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ...
बंगलादेशमा विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी

बंगलादेशमा विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी

बिएनपी ६० वर्षीय तारिक रहमानको नेतृत्वमा रहेको छ । उनी १७ वर्षको स्व–निर्वासनपछि गत डिसेम्बरमा लन्डनबाट स्वदेश फर्किएका हुन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका सुपुत्र हुन् । खालिदाको...
नेपाल सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु निर्वाचन अनुगमनका लागि बङ्गलादेशमा

नेपाल सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु निर्वाचन अनुगमनका लागि बङ्गलादेशमा

स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ । अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षक मिसनहरू...